+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

रेडपाण्डाको छालासहित दुईजना पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते १४:३८

redpanda ko chhala sahit pakrau२ कात्तिक, काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दुई जनालाई काठमाडौंको बालाजुबाट प्रहरीले पक्रेको छ ।

रसुवाको यार्सा गाविस-१ का शेर छुवाङ तामाङ र नुवाकोट चौघडा गाविस-७ का रामशरण भन्ने सिताराम राईलाई महानगरी अपराध महाशाखाको टोलीले पक्रेको हो ।

छाला बिक्रीको लागि हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा बालाजु माछापोखरीबाट तामाङ र राईलाई प्रहरीको विशेष टोलीले पक्रेको महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार दिएको जानकारी अनुसार उनीहरुको साथबाट कालो, खैरो र रातो रङ्गको खुट्टा, टाउको, दाँत तथा नङग्रा समेत भएको रेडपाण्डाको छाला चारथान बरामद भएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाईएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?