Comments Add Comment

पारस भन्छन्-नेपाललाई आईसीसी इन्टरकन्टिनेन्टल कपमा पुर्‍याउँछु

फाइल फोटो

२ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाललाई आईसीसी इन्टरकन्टिनेन्टल कपमा पुर्‍याउने लक्ष्य रहेको बताएका छन् । यसको सुरुवात मलेुसियामा कात्तिक ६ गतेबाट हुने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री भएको उनले बताएका छन् ।

आइसीसीसँगको कुराकानीमा उनले नेपाल उपाधि रक्षाका लागि आतुर रहेको बताएका छन् । उनले भनेका छन्-‘उपाधि रक्षा र डिभिजन टुमा पुग्न हामी सक्दो गछौं । हामी सबैले मेहनत गरेका छौं ।’

अन्तराष्ट्रिय क्रिकेटमा यो वर्ष निकै राम्रो प्रदर्शन गरेको नेपाली टोलीले डिभिजन थ्रीको उपाधि जितेर सुखद अन्त्य गर्न चाहेको पारसले बताएका छन् ।

गत चैतमा नेपालले टी-२० विश्वकप खेलेको थियो । जहाँ हङकङ र अफगानिस्तानलाई हरायो भने टेष्ट मान्यता प्राप्त बंगलादेशलाई राम्रो चुनौती दिएको थियो । नेपालले यसै वर्ष टी-२० राष्ट्रको मान्यता समेत पाएको छ ।

पारसले भनेका छन्-‘यसले टीममा राम्रो आत्मविश्वास ल्याएको छ र विश्वास छ हामी राम्रो गर्न सक्छौं ।’

अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई अझ अगाडी लैजाने आफ्नो लक्ष्य रहेकेा भन्दै पारसले डिभिजन थ्रीको हरेक खेल महत्वपूर्ण भएको बताए । उनले भनेका छन्-‘हामी आईसीसी इन्टरकन्टिनेन्टल कप खेल्न चाहन्छौं । यो चरणबद्ध प्रक्रिया हो र यो डिभिजन थ्रीबाट सुरु हुन्छ ।’

उनले अघि भने-‘हामीलाई विश्वास छ कि त्यहाँसम्म पुग्ने क्षमता हामीमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment