Comments Add Comment

झापाका गिरी र रुपन्देहीका खातीले पाए १० तोला सुन

SONY DSC३ कात्तिक, काठमाडौं । डिस होमको स्वर्ण उत्सव आयोजनाको पाँचो र छैठौं विजेता घोषणा गरेको छ । डिसहोमको उक्त आयोजनाबाट पाँचौ विजेता झापाका बालकुमार गिरी र छैठौं विजेता रुपन्देहीका दीपेन्द्र खातीले १० तोला सुन प्राप्त गरेका छन् ।

डिसहोमले आफ्ना ग्राहकहरुका लागि गत भदौ ९ गतेबाट सुरु गरेको ‘स्वर्ण उत्सव’ आयोजना कार्तिक ३० गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।दुवै विजेतलाई डिसहोमको कर्पोरेट कार्यालयमा एक कार्यक्रम गरी ब्राण्ड मार्केटिङका सहायक प्रबन्धक मनोज न्योैेपानेले प्रदान गरेका हुन् । यस योजना अन्तर्गत ग्राहकहरुलाई दुईवटा पुरस्कारहरु दिइने कम्पनीले जनाएको छ ।

डिसहोमको कनेक्सन लिने ग्राहकहरुलाई कम्पनीको तर्फबाट चाँदीको सिक्का प्रदान गर्नुका साथै हरेक हप्ता हुने लक्की ड्रबाट एक भाग्यशाली विजेतालाई १० तोला सुन पुरस्कार स्वरुप प्रदान गर्दै आएको छ । नेपालको डिजिटल सिग्नल प्रदायक कम्पनी डिसहोमको देशभरि ८७ वटा डिलर र दुई हजार वटा सव डिलरहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment