Comments Add Comment

कुण्ठा र निराशामा छन् ३२ हजार कर्मचारी, २० हजार भने भ्रष्ट

karmacharri४ कात्तिक, काठमाडौं । सरकारी सेवामा कार्यरत ८० हजारमध्ये ३२ हजार निजामती कर्मचारी निराशा र कुण्ठामा बाँचिरहेका छन् । तल्लो तहका यस्ता अधिकांश कर्मचारी सोझा, इमान्दार र चाकडी गर्न नसक्ने स्वभावका छन् ।
नेपाल निजामती कर्मचारी संगठनले प्रशासन विज्ञहरुको संलग्नतामा गरेको अध्ययनअनुसार ४० प्रतिशत कर्मचारी निराशा र कुण्ठा बोकेर काम गरिरहेका छन् । उनीहरु सरकारी जागिरलाई जीविकोपार्जनको भरपर्दो र सशक्त माध्यम ठान्दैनन् । कार्यालयमा भ्रष्ट सहकर्मीहरुको बोलवाला हुने र टाठाबाठाहरु वैकल्पिक व्यवसायमा समेत संलग्न रहेकाले उनीहरु निराश र कुण्ठित रहेको अध्ययनले देखाएको नयाँ पत्रिकामा खबर छ ।
अध्ययनअनुसार आठ हजार (१० प्रतिशत) कर्मचारी भ्रष्टाचारमा अत्यधिक लिप्त छन् । उनीहरुसित अकुत सम्पत्ति छ । र, बिलासी जीवन बाँचिरहेका छन् । यस्ता कर्मचारीहरु सरुवा-बढुवादेखि ठेक्कापट्टासम्ममा संलग्न हुने गर्दछन् ।
त्यस्तै, १२ हजार (१५ प्रतिशत) कर्मचारी प्रत्यक्ष वा परोक्ष रुपमा भ्रष्टाचारजन्य कार्यमा संलग्न छन् । यस्ता कर्मचारी पनि कामभन्दा चाकडी, चाप्लुसीमा बढी केन्द्रीत हुने गरेको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment