Comments Add Comment

संवाद समितिको म्याद कात्तिक १५ सम्म थपियो

४ कात्तिक, काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरुले कात्तिक १५ गतेसम्मको अन्तिम समयसीमा पाएका छन् । मंगलबारको संविधानसभा बैठकले नयाँ संविधान लेखनका विवादमा सहमति जुटाउन कात्तिक १५ गतेसम्मको समय दिएको हो ।

विवादित विषयमा सहमति नजुटेका बिषयलाई प्रश्नावली बनार्इ संविधानसभामा पेश गर्नुपर्ने छ ।

विवादित विषयमा सहमति जुटाउने जिम्मा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पाएको छ । समितिको सभापतिमा एमाओवादी नेता डा. बाबुराम भट्टराई छन् ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानका विवाद मिलाउन दलहरुलाई कात्तिक १५ सम्मको अन्तिम समयसीमा दिइएको जानकारी दिए । उनले माघ ८ गते नयाँ संविधान जारी गर्ने कार्यतालिकामा भने कुनै फेरबदल नभएको स्पष्ट पारे ।

यसअघि दलहरुलाई सहमति जुटाउन पटक पटक दिइएको समयसीमा व्यर्थैमा गुज्रिएको थियो । दलहरुले पछिल्लोपटक पाएको म्याद भने असोज ३१ गते सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment