Comments Add Comment

राष्ट्र बैंकका पियनविरुद्ध अख्तियारको मुद्दा

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका वरिष्ठ पियन धारी महतो विरुद्ध विशेष अदालतमा भ्रस्ट्राचार मुद्दा दायर गरेको छ ।

बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल पटना भारतबाट सन १९९४  इन्टरमिडियट परीक्षा उत्तिर्ण सर्टिफिकेट नक्कली भएको भन्दै महतोविरूद् मंगलबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

अख्तियारको अनुसन्धानबाट  महतोले बढुवा हुने प्रयोजनका लागि महतोले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको खुलेको थियो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय मागदावी अख्तियारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment