Comments Add Comment

काग भेला पारेर संविधानसभा घेर्ने चेतावनी

४ कात्तिक, काठमाडौं । काग तिहारको अवसरमा मंगलबार राजधानीको शान्तिवाटिकामा कलाकार रमेश दुलालले काग सम्मेलन गरेका छन् । kaag
उनले माघ-८ गते संविधान जारी नगरे काठमाडौंमा भएका सबै काग भेला गरेर संविधानसभा भवन घेर्ने चेतावनीसमेत दिएका छन् ।
दुलालले कागको आवाज निकालेर कागहरुलाई बोलाउँदा सयौं कागहरु कराउँदै उनका वरिपरि आकाशमा घुमेका थिए । उनले कागहरु खुशी हुँदा, आपत परेको अवस्था र झगडा परेको बेला कागले निकाल्ने आवाज बनाएर कागलाई आकर्षण गरेका थिए ।
दुलालले संविधान निर्माण गर्न दबाव पुगोस् भन्ने उद्देश्यले काग सम्मेलन गरेको प्रष्ट पार्दै भने-”मैले हरेक वर्ष कागतिहारका दिन काग सम्मेलन गर्दै आएको छु । यो सम्मेलनले नेपालमा शान्ति, सुव्यस्था तथा अमन चयन हुन मद्यत पुग्नेछ । ”

kagsदलहरुले तोकिएकै मिति माघ ८ गते संविधान जारी नगरे उपत्यकाका सम्पूर्ण काग भेला गरी संविधानसभा भवन, राष्ट्रपति भवन, सिंहदरवार र शीर्षनेताहरुको घर घेर्ने दुलालले चेतावनी दिएका छन् ।

दुलालले विभिन्न चराचुरुङगी र जनावरको आवाज निकाल्ने गर्छन् । चराचुरुङगी र जनावरको आवाज निकालेर मनोरञ्जन गराएबापत उनले विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् । दुलालको यो ११ औं काग सम्मेलन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment