Comments Add Comment

मेस्सीलाई पछि पार्दै मासेरानो बने बार्सिलोना प्लेयर अफ दि इयर

 Mascherano

१४ कात्तिक, काठमाडौं । लिओनल मेस्सीलाई पछि पार्दै जाभियर मासेरानो बार्सिलोना प्लेयर अफ दि इयर घोषित भएका छन् ।

पछिल्ला सिजनहरुमा मासेरानोले बार्सिलोनाको सेन्टर डिफेन्स र डिप मिडफिल्डमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । पछिल्लो चार वर्षमा मेस्सीले यो उपाधि जित्दै आएका थिए ।

तर, गत सिजन उनले फिफा बालोन डि ओरको उपाधि गुमाए, ला लिगाको उत्कृष्ट खेलाडीको अवार्ड पनि क्रिष्टियानो रोनाल्डोको नाममा रहृयो ।

बार्सिलोनाले क्याटलान मिडियाका महत्वपूर्ण व्यक्तिरुका साथै क्लबका अध्यक्षसहितका उच्च अधिकारीहरुको मतदानका आधारमा प्लेयर अफ दि इयर चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment