Comments Add Comment

भूकम्पको पूर्वसूचना दिने स्मार्टफोन एप

पछिल्लो एक महिनामा विश्वभरमा गरी १४ सय भन्दा बढि भुकम्प गयो । यद्यपि कुनैपनि भुकम्पले क्षति पूराउने खालको रहेन ।

Earth-Quake-Alert-appनिकै त्रासदीपूर्ण भौगर्भिक विपद्को रुपमा रहेको भुकम्प बाजा बजाएर जाँदैन भन्ने उखानै छ । अर्थात् भुकम्पन जानुअघि यसको कुनै पूर्व संकेतहरु हुँदैनन् । त्यसैले पनि पूर्वतयारी हुन नपाउँदा बढि धनजनको क्षति हुन्छ ।

विज्ञान प्रविधिको उच्चस्तरमा विकाश हुँदै जाँदा अब भुकम्पको पूर्वसूचना दिने प्रविधि समेत विकाश भएको छ । अमेरिकाको पूर्वचेतावनी प्रयोगशालाले यस्तो एपको विकाश गरिरहेको दाबी गरेको छ जसले भुकम्प तथा धक्काको अनुगमन गरी पूर्वसूचना प्रदान गर्छ । अमेरिकी सरकार तथा म्यापिङ प्रदायक इएसआरआइको सहकार्यमा उक्त प्रयोगशालाले उक्त एपको निर्माण गरेको हो ।

क्वेक अलर्ट नाम दिइएको यस प्रविधिमा स्मार्टफोन एपका साथै घर तथा कार्यालयमा राखिने आपतकालीन घण्टी हुनेछन् जसले कुनै निश्चित ठाउँमा भुकम्पको धक्का पुग्नु अघिनै भुकम्प गएको कुरा अलार्ममार्फत सूचना दिनेछ ।

साथै यो प्रणालीमा घरधनी तथा कार्यालयका कर्मचारीलाई बाहिर निस्कनका लागि चेतावनीमूलक सूचना दिन काउन्टडाउनको व्यवस्था समेत गरिएको हुन्छ । यो प्रविधिले उक्त क्षेत्रमा भुकम्पको धक्का कतिबेला आइपुग्छ र त्यसको क्षमता कति हुनेछ भन्ने कुराको पनि खुलासा गरिदिन्छ ।

साथै यो एपमा सर्वसाधारणका लागि भुकम्पीय सुरक्षा सम्बन्धि टिप्सहरुको समेत व्यवस्था गरिएको हुन्छ । जसमा भुकम्प गइरहेको बेला घरभित्र, घरबाहिर तथा गाडिमा हिँडिरहेको भए के गर्ने भन्ने विषयमा जानकारी दिइएको हुन्छ ।

यो एपयुक्त स्मार्टफोन प्रयोगकर्ता बाहिर हिँडिरहेको बेलामा भुकम्प गएमा पनि फोनमा भएको आन्तरिक सेन्सरले व्यक्तिलाई भुकम्पको चेतावनी प्रवाह गर्दछ ।

भुकम्पको उद्गम विन्दु पत्ता लगाउनु, भुकम्पको तरंगले जमिन हल्लाउने तिब्रताको आँकलन गर्नु तथा धक्का महसुस हुनु अगाडि नै सूचना प्रवाह गर्नु यो प्रविधिको मुख्य उद्देश्य भएको बताइएको छ ।

यसमा सेस्मिक सेन्सरको नेटवर्कको माध्यमबाट भुकम्पीय उर्जामार्फत प्रवाहित हुने तरंग अर्थात् पी वेभको पहिचान गर्ने काम हुन्छ । त्यसका लागि त्यसको उद्गम तथा क्षमताको समेत पहिचान गरिन्छ ।

त्यसपछि यो प्रविधिको प्रणालीले भुकम्पीय धक्का कहाँसम्म फैलिन्छ भन्ने कुराको लेखाजोखा गरी दोश्रो तरंग अर्थात् एस वेभ आउनु अगाडि नै दोश्रो चेतावनी प्रवाह गरिन्छ । एस वेभ शक्तिशाली झट्का हो र यसैबाट सबैभन्दा धेरै क्षति हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment