Comments Add Comment

सभासदलार्इ रामकृष्ण ढकालले भने–अमेरिकातिरै बसाैं जस्ताे लाग्छ

sangeet-royalti
पुष्प दुलाल

संगीत उद्योगमा निजी क्षेत्रको वार्षिक एक अर्ब ३५ करोड रुपैयाँ लगानी भए पनि कलाकारले त्यसको रोयल्टी पाउन नसकेको गुनासो गरेका छन् ।  बुधबार व्यवस्थापिका संसदको विकास समितिमा सर्जकहरुले रोयल्टी नपाउँदा जिविकोपार्जन गर्न नै समस्या परेको गुनासो गरे ।

समितिका सभापति रविन्द्र अधिकारीले रोयल्टीलाई व्यवस्थित गर्ने नीतिगत व्यवस्था गर्न सरोकारवालाहरुलाई छलफलका लागि बोलाएका थिए ।

कूल २६ सय सर्जक ११ सय गीतकार र एक हजार संगीतकार गरी रोयल्टी समाजमा २१ सय जना स्रष्टा आवद्ध भएका छन भने ५ सयभन्दा बढी स्रष्टाहरु अझै आवद्ध नभएको समाजका उपाध्यक्ष शान्तिराम राईले जानकारी गराए ।

नेपालमा ७५ वटा गीत रेकर्डिङ स्टूडियो छन्, हरेक स्टुडियोबाट दैनिक एउटा गीत रेकर्ड हुने गर्छ

समाजमा दर्ता भएका र नभएका गरी नेपालमा २६ सय जना गीतकार तथा संगीतकार नियमित संगीत सिर्जना गरिरहेका छन् ।

दैनिक ७५ वटा गीत रेकर्डिङ

समितिमा उपाध्यक्ष रार्इले लिखित प्रस्तुती दिएका थिए । उनको प्रस्तुति अनुसार नेपालमा ७५ वटा संगीत रेकर्डिङ गर्ने स्टूडियो रहेका छन् । हरेक स्टुडियोबाट दैनिक एउटा गीत रेकर्डिङ हुने गर्छ । जसअनुसार नेपालमा दैनिक ७५ वटा गीत रेकर्डिङ हुँदै आएका छन् ।

वार्षिक १ अर्ब ३५ करोड लगानी

समाजका अनुसार एउटा गीतका रेकर्डिङ लागि ५० हजार रुपैयाँ लगानी भइरहेको छ । जसअनुसार संगीत उद्योगमा दैनिक ७५ वटा गीतका लागि ३७ लाख ५० हजार रुपैयाँ लगानी हुन्छ । यस आधारमा एक वर्षमा १ अर्ब ३५ करोड लगानीमा २७  हजार नयाँ गीत हजार नयाँ गीत उत्पादन हुँदै आएका छन् ।

एउटा म्यूजिक भिडियो निर्माण गर्न १ लाख ५० हजार खर्च हुन्छ, वर्षमा ३६ सय म्यूजिक भिडियो उत्पादनका लागि ५४ करोड खर्च भइरहेको छ

दैनिक १० वटा म्यूजिक भिडियो उपाध्यक्ष राईले दैनिक १० वटा म्यूजिक भिडियो उत्पादन हुने गरेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार एउटा म्यूजिक भिडियो निर्माण गर्न १ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । जसअनुसार एक वर्षमा ३६ सय म्यूजिक भिडियो उत्पादनका लागि ५४ करोड रुपैयाँ खर्च भइरहेको छ ।

‘नेपालमा १२ वटा टेलिभिजनले म्यूजिक भिडियो प्रसारण गर्दै आएका छन्, जबकि उनीहरुले उत्पादनमा लगानी गर्दैनन्’ राईले भने-‘उनीहरुले म्यूजिक भिडियो प्रसारण गरेबापत स्रष्टालाई रोयल्टी समेत तिरेका छैनन् ।’

५ हजार रोजगार
समाजले संगीत उद्योगमा ५ हजार जनाले रोजगार पाएको तथ्यांक सार्वजानिक गरेको छ । गीत रेकर्डिङ स्टुडियोमा २ सय र रेडियो टीभीमा करिब ३ सय जना कार्यक्रम सञ्चालक, उत्पादक र प्रवन्धकहरुले रोजगार पाइरहेको समाजको दाबी छ ।

‘वाद्यवादक, एरेञ्जर, कम्पनी, डिजाइनर, डाइरेक्टर, मोडल, क्यामेरामेन, मेकअप म्यान र हेल्पर गरी ५ हजारभन्दा बढीले रोजगार पाएका छन्’ रार्इले भने ।

४० करोड राजस्व
समाजले संगीत उद्योगबाट सरकारले वार्षिक ४० करोड रुपैयाँ राजस्व उठाउन सक्ने आँकडा प्रस्तुत गरेको छ । १ करोड नेपालीहरुले वार्षिक २ सयका दरले गीत डाउनलोड गर्छन ।

सो वापत वार्षिक २ अर्ब रुपैयाँको कारोबार हुन्छ । जुन कारोबारमा सरकारले २० प्रतिशत कर लिँदा वाषिर्क ४० करोड रुपैयाँ राजस्व उठ्ने रार्इले बताए ।

सर्जकलाई करोडौं रोयल्टी

वार्षिक कारोबारको १५ प्रतिशत रोयल्टी उठाउँदा ३० करोड रुपैयाँ सर्जकहरुले पाउँछन् भने ६५ प्रतिशत अर्थात १ अर्ब ३० करोड रुपैयाँ लगानीकर्ता (व्यापारी) ले कमाउने समाजको आँकलन छ ।

त्यसैगरी ४ सय वटा एफएम रेडियो र १२ वटा टेलिभिजनले वार्षिक ५० हजार रुपैयाँले रोयल्टी तिरेमा वर्षभरि कलाकारले २ करोड ६ लाख रुपैयाँ पाउने राईले बताए ।

त्यस्तै, होटल, यातायात, अनलाइन, हल, रेसष्टराँ लगायतका संगीत प्रयोग गरेबापत वार्षिक १० लाख रुपैयाँ रोयल्टी उठाउन सकिने समाजले जनाएको छ ।

तोडफोडमा उत्रिनु नपरोस्
‘पटक-पटक सरकारलाई लिखितरुपमा हामीले समस्याहरु राख्यौं, तर सरकारले वास्ता गरेको छैन’ राईले भने- ‘हामी कुनै पनि बेला हड्ताल र तोडफोडजस्ता हिंस्रक गतिविधिमा उत्रन सक्छौं ।’

माग के हाे ?
समाजले स्रष्टाहरुको जीवनलाई सम्मानित बनाउन सरकारले न्यूनतम सुविधा, भत्ता,  तथा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्नेलगायका आधादर्जन माग अघि सारेको छ ।

स्रष्टाहरुको सिर्जना प्रयोग गरी व्यापार गर्नेहरुलाई कानूनको दायरामा ल्याई रोयल्टी तिर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने, स्वायत्त संगीत विकास बोर्डको गठन गर्नुपर्ने, नेपाली संगीतको स्तरलाई अन्तराष्ट्रिय संगीतसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्ने, रेडियो, टीभी, होटल, यातायात, रेस्टुराँहरुको नवीकरणका लागि रोयल्टी तिरेको रसिद अनिवार्य गर्नुपर्ने लगायतका माग छन् ।

रोयल्टी पिडीत हुँ : मिनेन्द्र रिजाल

सञ्चार मन्त्री मिनेन्द्र रिजालले आफूले पनि लामो समयदेखि रोयल्टी नपाएको बताए ।

minendra ‘अमेरिकामा रहँदा प्रकाशित गरेको पुस्तकको लामो समयदेखि मैले रोयल्टी पाएको छैन, म पनि तपाईहरुजस्तै रोयल्टी पिडीत हुँ’ मन्त्री रिजालले भने -नीतिगत र सैद्धान्तिकरुपमा रोयल्टीप्रति मेरो पूर्ण समर्थन छ, बौद्धिक सम्पत्तिको संरक्षण हुनुपर्छ भन्नेमा म गंम्भीर छु ।

अमेरिका र चीनबीच रोयल्टी विवादमा बेलाबेलामा झगडासमेत हुने गरेको उदाहारण दिँदै यो अन्त्य नहुने समस्या भएको मन्त्री रिजालले बताए । यद्यपि सर्जकरुले रोयल्टी पाउने कानूनी व्यवस्थालाई प्रभावकारी गर्दै लान आफू तयार रहेको उनले बताए ।

‘म गंम्भीरताका साथ तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि नेपाल टेलिकम र एनसेलबाट प्रभावकारीरुपमा रोयल्टी उठ्ने व्यवस्था सरकारले अवश्य गर्नेछ’ उनले भने ।

एफएम रेडियोहरुलाई जोगाउनु पर्ने दायित्व सरकारको काँधमा भएकाले सो क्षेत्रबाट तत्काल रोयल्टी उठाउने व्यवस्था गर्न नसकिने उनको भनाइ थियो । सञ्चार मन्त्रालयले रोयल्टीसम्बन्धी नीतिगत सुधार गर्ने उनले विश्वास दिलाए ।

पलायन हुने अवस्था भो : रामकृष्ण

संगीतको रोयल्टी नपाउँदा कलाकारramkrishna-dhakal-taking-piहरु पलायन हुने अवस्थामा पुगेको गायक रामकृष्ण ढकालले बताए । ‘मजतिको चलेको गायकलाई त आजभोलि अमेरिका जाँदा ग्रीनकार्डको प्रक्रिया थालेर उतै बसौँ कि जस्तो लाग्न थालेको छ’ ढकालले भने- ‘अरुको अवस्था के होला ? यो राज्यका लागि दुखद कुरा हो ।’

विश्व परिवेशमा कलाकारले रोयल्टीमार्फत नै कलाकारको मुख्य आम्दानी हुने गरेको उनले सुनाए ।  अर्का गायक हेमन्त शर्माले रोयल्टीको प्रभावकारी कार्यान्वयन नभएसम्म सरकारले अनुदान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment