Comments Add Comment

शीतलनिवासमा राष्ट्रपति र प्रचण्डवीच भेटवार्ता

फाइल तस्वीर
फाइल तस्वीर

५ मंसिर, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई शीतलनिवासमा बोलाएर संविधान निर्माणबारे छलफल गरेका छन् ।

शुक्रबार बिहान शीतलनिवासमा राष्ट्रपति र विपक्षी दलका नेता प्रचण्डवीच करिब एब घण्टा कुराकानी भएको छ ।

भेटमा राष्ट्रपतिले प्रचण्डलाई सहमतिका आधारमा संविधान निर्माणमा जिम्मेवार भएर भूमिका खेल्न आग्रह गरेको स्रोतले बतायो । प्रचण्डले राष्ट्रपतिसँग कांगेस र एमालेले विगतका सहमति उल्लंघन गरेको गुनासो पोखेका थिए ।

राष्ट्रपति डा. रामवरण यादवले बुधबार साँझ सभामुख सुवासचन्द्र नेम्वाङसँग पनि यसैगरी संविधान निर्माणबारे परामर्श गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment