Comments Add Comment

मोदीका नाममा नेपालका मन्त्रीको दोहोरी

Mahendra-Pande-and-Bimalend५ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बारेमा सरकारका दुई मन्त्रीबीच कुरा बाझिएको छ ।

भौतिक पूर्वाधार तथा निर्माण मन्त्री विमलेन्द्र निधीले मोदीको धार्मिक भ्रमण रद्द भएको भन्दै निकालेको विज्ञप्तिलाई परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अनाधिकृत भनेका छन् ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरि पाण्डेले भने, ‘सार्क सम्मेलनको आधिकारिक जानकारी दिने निकाय परराष्ट्र मन्त्रालय हो, अरुले बाहिर के भने मलाई थाहा छैन ।’

निधीको विज्ञप्तिबारे आफूलाई थाहा नभएको भन्दै मन्त्री पाण्डेले मोदीको भ्रमण सम्बन्धी कार्यतालिका फेरिएको आधिकारिक जानकारी नआएकाले सबै तयारी भइरहेको बताए ।

‘भ्रमणको व्यवथापन हामीले गर्ने हो, अहिलेसम्म सबै कार्यक्रम यथावत छन्’ पाण्डेले भने, ‘निधीजीको विज्ञप्ति कसरी आयो मलाई थाहा छैन ।’

यसअघि नेपालका लागि भारतीय राजदूत रन्जित रेले पनि भ्रमण रद्दको बारेमा कुनै जानकारी नरहेको बताएका थिए ।

निधीले भने विहीवार दूतावास र परराष्ट्र मन्त्रालयको हवाला दिदै जनकपुर भ्रमण रद्द भएको विज्ञप्ति जारी गरेका थिए ।

मन्त्री पाण्डे स्वयंले पनि विहिवार बेलुका आफू निकट पत्रकारहरुलाई एक होटलमा रात्रीभोज खुवाउदै मोदीको भ्रमण रद्द भएको जानकारी दिएका थिए । मोदीको भ्रमण रद्द हुनुमा भारतको आन्तरिक कारण जिम्मेवार रहेको पनि उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment