Comments Add Comment

लुम्विनीमा सुरक्षा अभ्यास सुरु, सीमानाका बन्द

NEPAL-ARMY-AT-LUMBINIसलमान खान

५ मंसिर, लुम्विनी । सार्क सम्मेलनमा आउने विदेशी पाहुनाहरुले लुम्विनी भ्रमण गर्ने भएपछि स्थानीय प्रशासनले शुक्रबारदेखि सुरक्षा अभ्यास थालेको छ ।

रुपन्देही प्रशासनले लुम्विनी प्रवेशका सबै नाका बन्द गरी सुरक्षा अभ्यास गरेको हो । अभ्यासको क्रममा दिउँसो १ बजेदेखि ३ बजेसम्म लुम्विनी प्रवेश गर्ने सबै नाका बन्द गरिएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरी सुरक्षा अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए ।

आउँदो मंगलबार श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे र शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

मोदीको धार्मिक भ्रमण हुने की नहुने भन्नेमा सरकारकै मन्त्रीहरुबाट विवादास्पद अभिव्यक्ति आइरहे पनि राजापाक्षेले भने लुम्विनी भ्रमण गर्ने निश्चित भैसकेको छ ।

‘रुपन्देही प्रशासनले पाहुनाको स्वागत र सुरक्षाको लागि आफ्नो तयारी जारी राखेको छ,’ प्रमुख जिल्ला अधिकारी पन्थीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मोदीको भ्रमण रद्द भएकोबारे हामीलाई केही जानकारी छैन । ‘

सुरक्षा अभ्यास जारी रहुन्जेल लुम्बिनी क्षेत्र सील गरिने भएकाले तीर्थालुहरुलाई मन्दिर प्रवेशमा रोक लगाइने छ ।

लुम्बिनीमा विकास कोषका अनुसार प्रत्येक दिन लुम्विनीमा करिब दुई हजार संख्यामा आन्तरिक र बाह्य पर्यटकहरु आउने गर्दछन् । विदेशी पाहुनाले लुम्विनी भ्रमण गर्नेबेलामा पनि सर्वसाधारण मन्दिरमा प्रवेश गर्न पाउने छैनन् ।

गत बुधवार लुम्विनीमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले मंसिर ९ गते र १२ गते रुपन्देहीका सबै सिमा बन्द गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment