Comments Add Comment

सार्कका लागि विशेष सरसफाइ अभियान (फोटोफिचर)

sarsafai-1
६ मंसिर, काठमाडौं । मंसिर १० र ११ गते काठमाडौंमा हुन गइरहेको १८ सार्क सम्मेलनलाई लक्षित गरेर काठमाडौंमा विशेष सरसफाइ अभियान सुरु गरिएको छ ।

उक्त अभियान काठमाडौंका ३५ वटै वडा र ललितपुर उप महानगरपालिकाका २२ वटा वडामा एकैसाथ सरसफाइ सुरु भएको हो । बिहान साढे सात बजेदेखि सुरु भएको सरसफाइ अभियानमा स्थानीय वडाबासी तथा निजामती सेवाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सहभागी छन् । निजामती सेवाका कर्मचारीलाई अनिवार्य उपस्थित गराउने निर्णय सरकारले गरेको थियो ।

sarsafai-2

सार्क सम्मेलनमा सहभागी हुन आउने पाहुनालाई महानगरको सुन्दरता र मौलिकताबारे अनुभूति गराउन तथा वातावरणीय ह्रासलाई सुधार गर्न जनसहभागिता वृद्धि गर्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

sarsafai-3

sarsafai-4

sarsafai-5

sarsafai-6

sarsafai-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment