+
+
Shares

बद्री पंगेनीको ‘रातो पछ्यौरी’

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ७ गते ११:०७

badri-pangeni-288x255लोक गायक बद्री पंगेनीले शकुन्तला थापासाग मिलेर ‘रातो पछ्यौरी’ नामक नयाा लोक दोहोरी गीत बजारमा ल्याएका छन् । उद्योगमन्त्री महेश बस्नेतले गीतको सार्वजनिक गरे । राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा एल्बमको बिमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपाली गीत संगीतको क्षेत्रलाई अगाडि बढाउन आवश्यक सहयोग गर्ने बताए । एक नारायण भण्डारीको लय तथा शब्द सिर्जना र विनोद पराजुलीको संगीत संयोजन गीतमा छ ।

कार्यक्रममा बोल्दै गायक पंगेनीले नेपाली गीत संगीतको अवस्था यस्तै हुने हो भने श्रष्टाहरु विदेश पलयान हुने बताए । पाइरेसी नियन्त्रणमा सरकारले कदम नचाल्ने हो भने नेपालमा एल्बम निकाल्न नसकिने उनले बताए ।

३ बर्षदेखि इटालीमा बस्दै आएकी गायिका शकुन्तला थापाले श्रष्टाहरु बााच्ने अवस्था भएको भए आफू विदेश जानु पर्दैनथ्योे भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?