+
+
Shares

गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते २१:०१

२६ वैशाख, गोरखा । पौडी खेल्ने क्रममा डुबेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो करिव साढेँ चार बजे गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा साथीहरुसँग पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर वेपत्ता भएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य तिव्र बनाएको थियो ।

साँझ करिव साढेँ सात बजे मृत अवस्थामा उनी फेला परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बताए । ‘डुबेकै स्थान नजिकै उनको शव भेटियो,’ डिएसपी सुवेदीले भने, ‘घटनाबारे थप अनुसन्धान हुदै छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?