Comments Add Comment

सार्कमा सुशील सबैभन्दा जेठा, भूटानी प्रधानमन्त्री कान्छा

७ मंसिर, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क स्थापनाको करिव ३० वर्ष बीचमा आयोजित १८ औं शिखर सम्मेलनमा सबैभन्दा बढी सहभागिता जनाउने राष्ट्रप्रमुख तथा सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना परेकी छन् । नेपालका प्रधानमन्त्री सुशील कोइराला भने उमेरले सबैका दाजु ठहरिएका छन् ।

हसिना तेस्रोपटक शिखर सम्मेलनमा सहभागी हुँदैछिन् । हसिनापछि सार्क शिखर सम्मेलनका अनुभवी श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे हुन् । सन् २००८ मा आफैंले अध्यक्षता गरेका राजापाक्षे त्यसयताका सबै सम्मेलनमा सहभागी छन् ।

हसिना र राजापाक्षे बाहेक अरु ६ वटै देशका राष्ट्र तथा सरकार प्रमुखले सार्क शिखर सम्मेलनमा पहिलोपटक सहभागिता जनाउँदैछन् ।

Sushil-Koiralaजेठा नेता कोइराला

हसिना र महिन्दा सबैभन्दा अनुभवी सरकार प्रमुख भए पनि उमेरका हिसाबले सार्कका आठ प्रमुखहरुमध्ये नेपालका प्रधानमन्त्री सुशील कोइराला सबैभन्दा पाका नेता हुन् ।

७५ वर्षीय कोइरालाले सार्क सम्मेलनको अध्यक्षता गर्नेछन् । त्यस्तै उमेरका हिसाबले कोइरालापछि श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे हुनेछन् । उनी ६९ वर्षका छन् ।

SHEKH HASINA WAJEDबंगलादेशकी प्रधानमन्त्री शेख हसिना ६७ वर्षकी भइन् । उमेरका हिसाबले हसिनापछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ आउँछन्, उनको उमेर ६५ भएको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानी र माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनको उमेर पनि ६५ नै हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६४ वर्षका हुन् भने सबैभन्दा काछा भुटानका प्रधानमन्त्री छिरिङ तोग्वे ४९ वर्ष मात्र छन् ।

कुन देशले कतिपटक ?

शिखर सम्मेलनको पहिलो सम्मेलन आयोजना गरेको बंगलादेशले आफ्नो देशमा हालसम्म ३ वटा सम्मेलन आयोजना गरिसकेको छ ।

नेपाल, भारत, श्रीलंका र माल्दिभ्सले पनि तीन-तीन पटक सम्मेलन आयोजना गरेका छन् । नेपालले यसपालिको सम्मेलन आफ्नो देशमा तेस्रो पटक आयोजना गरेको हो ।

त्यस्तै पाकिस्तानले दुईवटा सम्मेलन आयोजना गरेको छ भने भुटानले एउटामात्रै सम्मेलन आयोजना गर्न सकेको छ ।

सार्कको कान्छो सदस्य अफगानिस्तानले अहिलेसम्म सम्मेलन आयोजना गर्ने अवसर पाएको छैन ।

वर्णानुक्रम अनुसार शिखर सम्मेलनको पालो नेपालपछि पाकिस्तानले पाउनेछ । त्यसपछि श्रीलंका, अनिमात्रै अफगानिस्तानको पालो आउनेछ ।

निरन्तरतामा क्रमभंग

प्रत्येक वर्ष आयोजना हुनपर्ने सार्क शिखर सम्मेलन स्थापनाको चार वर्षसम्म निरन्त भए पनि पाँचौ पटक सन् १९८९ मा हुनुपर्नेमा १९९० मा मात्रै भयो ।

त्यसपछि बढीमा एक वर्षको ग्याप रहने गरेकामा भारत-पाकिस्तान तनावका कारण १९९८ पछि चार वर्षसम्म शिखर सम्मेलन हुन सकेन ।

एकैचोटि २००२ मा एघारौं सार्क शिखर सम्मेलन काठमाडौंमा आयोजना भयो । त्यसपछि १७ र १८ को बीचमा पनि तीन वर्षको ग्याप रहेको छ । सन् २०११ मा माल्दिभ्सपछि तीन वर्षको अन्तरालमा सार्क शिखर सम्मेलन अहिले काठमाडौंमा आयोजना हुदैछ ।

saarc_countries-flag-FINAL

कुन सम्मेलन कहाँ ?

सार्कको पहिलो शिखर सम्मेलन ७ र ८ डिसेम्बर १९८५ मा बंगलादेशको राजधानी ढाकामा भएको थियो । त्यसको अध्यक्षता प्रधानमन्त्री अतौर रहमान खानले गरेका थिए ।

त्यस्तै दोस्रो शिखर सम्मेलन १७ र १७ नोभेम्बर १९८६ मा भारतको बैंगलोरमा भएको थियो, जसको अध्यक्ष थिए प्रधानमन्त्री जयन्थ एम गौडा थिए ।

तेस्रो सार्क शिखर सम्मेलन २ देखि ४ नोभेम्बर १९८७ मा आयोजना गर्ने अवसर नेपालले पायो । त्यसबेला अध्यक्षता गरेका थिए प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले ।

चौथो सार्क शिखर सम्मेलन २९ देखि ३१ डिसेम्बर १९८८ पाकिस्तानको इस्लामावादमा आयोजना भएको थियो, जसको अध्यक्षता गरेकी थिइन् प्रधानमन्त्री बेनजिर भुट्टोले ।

पाँचौ सम्मेलन माल्दिभ्सको राजधानी मालेमा आयोजना भयो, जसको अध्यक्षता राष्ट्रपति मौमुन अब्दुल गयुमले गरेका थिए ।

छैटौं सार्क शिखर सम्मेलन २१ डिसेम्बर १९९१ मा श्रीलंकाको कोलम्बोमा आयोजना भएको थियो । त्यसबेला अध्यक्षता गरेका थिए राष्ट्रपति रणसिंगे प्रेमदासाले ।

सातौं शिखर सम्मेलन १० र ११ अपि्रल १९९३ मा बंगलादेशको ढाकामा आयोजना भएको थियो । त्यसबेला होस्ट लिडर थिइन्, बेगम खालिदा जिया ।

आठौं सार्क शिखर सम्मेलन २ देखि ४ मे १९९५ मा नया दिल्लीमा आयोजना भएको थियो, त्यसबेला भारतीय प्रधानमन्त्री थिए पिवी नरसिंह राव ।

नवौं शिखर सम्मेलनन १९९७ मा माल्दिभ्सको मालेमा भएको थियो, जसको होस्ट लिडर गयुम नै थिए ।

दशौं शिखर सम्मेलन श्रीलंकको कोलम्बोमा आयोजना भएको थियो । होस्ट लिडर थिए चन्दि्रका बन्दरनायके कुमारातुंगा ।

एघारौं सार्क शिखर सम्मेलन ४ देखि ६ जनवरी २००२ मा नेपालको राजधानी काठमाडौंमा आयोजना भएको थियो । जसको अध्यक्षता गरेका थिए शेरबहादुर देउवाले ।

बाह्रौं सर्क शिखर सम्मेलन २ देखि ६ जनवरी २००४ मा पाकिस्तानको इस्लामावादमा भएको थियो । अध्यक्षता गरेका थिए जफरुल्लाह खान जमालीले ।

१३ औं सार्क शिखर सम्मेलन १२ देखि १३ नोभेम्बर २००५ मा बंगलादेशमा भएको थियो, होस्ट लिडर खालिदा जिया नै थिइन् ।

चौधौं शिखर सम्मेलन आयोजना गर्ने अवसर भारतले पाएको थियो । ३ र ४ अपि्रल २००७ मा आयोजित सार्क शिखर सम्मेलनको अध्यक्षता प्रधानमन्त्री डा. मनमोहन सिंहले गरेका थिए ।

१५ औं सर्क शिखर सम्मेलन १ देखि ३ अगष्ट २००८ मा श्रीलंकाको कोलम्बोमा भएको थियो, होस्ट लिडर थिए महिन्दा राजापाक्षे ।

त्यस्तै १६ औं शिखर सम्मेलन २८ देखि २९ अपि्रलमा भुटानमा आयोजना भएको थियो, अध्यक्षता गरेका थिए प्रधानमन्त्री जिग्मे ठिन्लेले ।

१७ औं सार्क शिखर सम्मेलन माल्दिब्सको अड्डू शहरमा १० र ११ नोभेम्बरमा आयोजना भएको थियो, अध्यक्षता गरेका थिए राष्ट्रपति मोहम्मद नासिदले ।

१८ औं सार्क शिखर सम्मेलन नेपालको राधजानीमा काठमाडौंमा आयोजना हुन गइरहेको छ । जसको अध्यक्षता गर्नेछन् प्रधानमन्त्री सुशील कोइरालाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment