Comments Add Comment

जोर र बिजोर लागु भएपछि यात्रुको विजोग (फोटो फिचर र भिडियो)

micro (1)८ मंसिर, काठमाडौं । सार्क सम्मेलनको बेला काठमाडौं उपत्यकाको सवारीसाधनको चाप घटाउने उद्देश्यले जोरबिजोर प्रणाली लागू गरिएपछि सर्वसाधारणले सास्ती पाएका छन् । सार्बजनिक सवारीका साधन थोरै चलेपछि यात्रुहरुले सास्ती व्यहोर्नु परेको हो ।

साेमबार जोर नम्बरका गाडी मात्रै चलेका छन् । प्रायः सबै गाडीहरु यात्रुहरुले खचाखच भरिएका छन् । धेरैबेर कुर्दा आउने गाडीहरुमा पनि सहजरुपमा यात्रा गर्न नपाएपछि सर्बसाधारण मर्कामा परेका छन् ।

PASENGERs in Nepal yatayat

unnamed (1)हरेक स्टेशनहरुमा गाडी कुर्नेहरुको भिड देखिन्छ । बलिया बाङ्गाहरु कोचिएर यात्रा गरे पनि बालबालिका, जेष्ठ नागरिक, महिला र युवतीहरुलाई पनि सार्बजनिक गाडीको यात्रा कष्टकर बनेको छ ।

क्षमता भन्दा धेरै यात्रु चढाएको भन्दै गाडी चालकहरुको लाईसेन्स कब्जा गर्ने ट्राफिक प्रहरीले जोरबिजोर प्रणाली लागु भएपछि यात्रुहरुले पाएको सास्ती र गाडी चालकहरुको मनोमानीलाई भने नदेखेझैं गरेको छ ।

भीडभाडको मौका छोपेर महिला र युवतीहरुमाथि दुर्व्यवहार हुने गरेको छ । यस्तै भीडभाडमा कतिपयको जेब काटिने र गरगहना लुटिने गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाले ८, १० र १२ गते जोर नम्बरका तथा ९ र ११ गते बिजोर नम्बरका गाडी चलाउने व्यवस्था मिलाएको छ ।

सुरक्षालाई मध्यनजर गरी पुरानो बसपार्कमा खालि गराइएको छ ।

कविन अधिकारीले खिचेका तस्वीरहरू हेर्नुहोस् 

unnamed


unnamed (2)
unnamed (6)

unnamed (3) unnamed (4)

unnamed (7)यात्रुहरूले पाएको सास्ती भिडियोमा पनि हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment