Comments Add Comment

नरेन्द्र मोदी र नवाज सरिफ एकै समय काठमाडौं ओर्लने

 ८ मंसिर, काठमाडौं । १८ औं  सार्क शिखर सम्मेलनमा भाग लिन काठमाडौं आउने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ लगभग एउटै समयमा त्रिभुवन विमानस्थलमा ओर्लने भएका छन् ।

narendra modi 2परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री मोदी सवार विमान मंगलबार दिउँसो ३ बजेदेखि साढे ३ बजेभित्र काठमाडौंमा अवतरण भइसक्ने छ । पाकिस्तानी प्रधानमन्त्री सरिफको टोली ३ बजेर ३५ मिनेटमा काठमाडौं ओर्लने छ ।

श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे सबैभन्दा पहिले अर्थात् मंगलबार बिहान साढे ९ बजे काठमाडौं आइपुग्ने छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीको टोली १० ः४५ मा काठमाडौं ओर्लने परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख एवं अतिथि सत्कार संयोजक कालीप्रसाद पोखरेलले जानकारी दिएका छन्  ।

पोखरेलका अनुसार भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पौने १२ बजे काठमाडौं आइपुग्ने छन् ।

मालदिभ्सका राष्ट्रपति यामिन अब्दु गैयुम १२ बजेर पाँच मिनेट जाँदा काठमाडौं आइपुग्ने छन् ।

PrimeMinisterNawazSharifसबैभन्दा ढीलो बंगलादेशकी प्रधानमन्त्री शेख हसिना मंगलबार बेलुका सवा ४ बजे काठमाडौं आइपुग्ने छिन् ।

सबै पाहुनाहरुलाई विमानस्थलबाट सम्मानका साथ सोल्टी होटलमा लगिनेछ ।

सार्क राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरु बुधबार दिउँसो शिखर सम्मेलनको उदघाटनमा सहभागी हुनेछन् । साँझ प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गर्ने रात्रीभोजमा सहभागी बन्नेछन् ।

विहीबार धुलीखेलमा केही घण्टा बिताएपछि काठमाडौं फर्केर सरकार प्रमुख एवं राष्ट्रप्रमुखहरु शिखर सम्मेलनको समापनमा सहभागी हुनेछन्  ।
विहीबार साँझ राष्ट्रपति डा. रामवरण यादवले पाहुनाको सम्मानमा रात्रीभोज आयोजना गर्नेछन् ।

शुक्रबार सबै देशका पाहुनाहरु आ-आफ्नो देश र्फकने कार्यक्रम छ । यसक्रममा श्रीलंकाका राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment