Comments Add Comment

मोदीको धार्मिक भ्रमण रद्द हुँदा खुमबहादुर दुःखी

८ मंसिर, काठमाडौं । नेपाललाई हिन्दू राष्ट्र कायम गराउन अभियान चलाउँदै आएका कांग्रेस नेता खुमबहादुर खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमण रद्द भएकोमा दुःख व्यक्त गरेका छन् ।

आफ्नै पार्टी नेतृत्वको सरकारको सङ्कीर्ण एवम् अपरिपक्व व्यवहारले मोदीको धार्मिक भ्रमण रद्द भएको खड्काले निष्कर्ष निकालेका छन् ।

‘सरकारको सङ्कीर्ण एवम् अपरिपक्व व्यवहार पनि यस क्रममा उजागर भएको हामीले ठानेका छौं,’ खड्काले सोमबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट नेपालको कुटनीतिक क्षमता र परिपक्वतामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।’

मोदीको धार्मिक भ्रमण रद्द हुदा नेपाल-भारत सम्बन्ध सवलीकरणका विरोधिहरुलाई लाभ पुर्‍याएको खड्काको ठम्याइ छ ।

नेपाल र नेपालीको हितविपरितको ब्यवहार प्रस्तुत गरी छिमेकका प्रधानमन्त्रीको भ्रमण नै स्थगित हुने तहसम्म पुर्‍याएको यो घटना लज्जास्पद र निन्दनीय छ,’ खड्काले भनेका छन् ।

नेपालमा भारतीय प्रधानमन्त्रीबाट हुने भनिएको धार्मिम स्थलहरुको भ्रमण उपयुक्त समयमा सुचारु गर्न पनि उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment