Comments Add Comment

बढ्ता भाषण गर्दा मोदीको ‘सेड्युल’ बिग्रियो (फोटो कथा)

९ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वीर अस्पतालको ट्रमा सेन्टर उदघाटन गर्ने कार्यक्रमको जम्मा ‘सेड्युल’ आधा घण्टाको थियो । तर, मोदीले एक्लै ४० मीनेटसम्म भाषण गरे ।
उदघोषकले कार्यक्रम आधा घण्टामा सकिने बताएका थिए । नेपालका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले संक्षिप्त बोलेका थिए । तर, दक्षिण एशियाको मात्रै नभई संसारकै नेतृत्व गर्ने महत्वाकांक्षा बोकेका भारतीय प्रधानमन्त्रीले भाषण गर्न थालेपछि ४० मीनेट समय बिताइदिए ।

दिल्ली काठमान्डु बस सेवा शुभारम्भपछि बसभित्र यात्रुहरूसँग मोदी र कोइराला
दिल्ली काठमान्डु बस सेवा शुभारम्भपछि बसभित्र यात्रुहरूसँग मोदी र कोइराला

मोदीले ट्रमा सेन्टर उदघाटनका अवसरमा मनमा आएजति सबै भाषण त्यहीँ सिध्याउन खोज्दा भारतीय दूताबासले बनाएको कार्यतालिका भताभुंग भयो । यसको परिणास्वरुप मोदीलाई भेट्न सोल्टी होटलमा पुगेका नेपाली नेताहरु दुख पाए ।
मोदीको भाषणमा कुनै तालमेल मिलेको थिएन । उनले जनकपुर र लुम्बिनीमा बोल्न नपाएको भोक ट्रमा सेन्टरबाटै तृप्त गरे । स्वास्थ्य मात्रै होइन, विभिन्न योजना र सपनाहरु मोदीले आफ्नो भाषणमा मिसाए ।
समयको परिपालनाका दृष्टिले मोदीमा कमजोरी देखिए पनि नेपाली नेताहरुलाई दिएको समय निचोरेर मोदीले आफ्नो भाषणलाई महत्व दिए ।
मोदीले जानीजानी कार्यतालिका मिचेर भाषण गरेका हुन् या उनी बोल्दाबोल्दै बढ्दा भावनामा बहकिएका हुन् स्पष्ट हुन सकेको छैन । भाषणमा उनी बहकिएपछि पछिल्ला कार्यक्रमहरुको रुटिन खल्बलिएको हो ।

मोदी अाउने भन्दै झन्डै ४ घण्टा बसभित्र कुरेका यात्रु पहिलो सरकारी बस सेवामार्फत दिल्ली जाने तयारीमा
मोदी अाउने भन्दै झन्डै ४ घण्टा बसभित्र कुरेका यात्रु पहिलो सरकारी बस सेवामार्फत दिल्ली जाने तयारीमा

२२ दललाई खुशी पार्ने काम
नेपाली राजनीति चर्को ध्रुवीकरणतर्फ गइरहेका बेला मोदीको राजनीतिक अभिव्यक्ति सन्तुलित थिएन । उनले सत्तापक्षका नेताहरुले प्रक्रियाबाट संविधान बनाउने भन्दै प्रतिपक्षलाई पेलिरहेका बेला मोदीले आफ्नो कित्ता माओवादी र मधेसवादीसँगै रहेको स्पष्ट सन्देश दिए ।
मोदीको अभिव्यक्तिले सार्कसम्मेलन सकिनासाथ आन्दोलन गर्ने बताइरहेका एमाओवादी र मधेसवादी दललाई उत्साही बनाएको छ भने सत्तापक्षलाई निराश पारेको छ ।
भाषण गर्ने क्रममा भावनामा बगेका मोदीले ६ बजे राष्ट्रपति रामवरण यादवलाई भेटेपछि क्रमशः कांग्रेस, एमाले, एमाओवादी  मधेसवादी दलका नेतालाई भेट्ने समय भारतीय दूतावासले मिलाएको थियो । तर, नेताहरुले मोदीलाई सोल्टी होेटलमा तोकिएको समयभन्दा ढीलोसम्म कुर्नुपर्‍यो ।
यसैवीच मोदीले राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई विहीबार बिहान साढे ८ बजे सोल्टी होटलमा भेट गर्ने समय तय भएको सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई बताएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालालार्इ ध्रुव हेलिकोप्टर हस्तानतरण गर्दै मोदी
प्रधानमन्त्री सुशील कोइरालालार्इ ध्रुव हेलिकोप्टर हस्तानतरण गर्दै मोदी
सोल्टी होटलमा नेपाली कांग्रेसका नेतासँग भेटवार्ता गर्दै मोदी
सोल्टी होटलमा नेपाली कांग्रेसका नेतासँग भेटवार्ता गर्दै मोदी
अध्यक्ष केपी अोलीसहितका एमाले नेताहरूसँग सामूहिक भेटवार्ता गर्दै मोदी
अध्यक्ष केपी अोलीसहितका एमाले नेताहरूसँग सामूहिक भेटवार्ता गर्दै मोदी
एमाअोबादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइसँग भेटवार्ता गर्दै भारतीय प्रम मोदी
एमाअोबादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइसँग भेटवार्ता गर्दै भारतीय प्रम मोदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment