Comments Add Comment

मोदीले भित्रबाट घाँटी अठ्याए : गोपाल किराती

Ashok-rai-and-gopal-kirati

१२ मंसिर, काठमाडौं । पहिचानसहितको किरात राज्य माग गर्दै अशोक राई र गोपाल किरातीको नेतृत्वमा दुईवटा कमिटी गठन भएका छन् । कमिटीमा कांग्रेस र एमालेका सभासदसमेत सहभागी छन् ।

काठमाडौंको महादेवस्थानस्थित किरात राई यायोक्खाको कार्यालयमा सम्पन्न भेलाले संघीय समाजवादीका अध्यक्ष अशोक राईको संयोकत्वमा ‘किरात स्वायत्त राज्य निर्माण वार्ता समिति’ गठन भएको छ ।

समितिमा एमाले सभासद जयन्ती राई र शेरधन राईसमेत छन् । कांग्रेस सभासद लक्ष्मी राई पनि समितिमा छिन् ।

सोही भेलाले एमाओवादी नेता गोपाल किरातीको संयोजकत्वमा ‘किरात राज्य संघर्ष समिति’ गठन पनि गरेको छ । किराती नेतृत्वको समितिमा भने कांग्रेस र एमालेका सभासदले बस्न अस्वीकार गरेका छन् । संघर्ष समितिमा अजम्बर कामबाङ, सुरेशकुमार राई, रामकुमार राईलगायत १०१ जना सदस्य छन् ।

भेलामा एमाओवादी नेता किरातीले किरात स्वायत्त राज्य प्राप्तिका लागि दबाव आन्दोलन गर्न २६ बुँदे प्रस्ताव पेश गरेका छन् । किरात स्वायत्त राज्यसहितको संविधान बनाउन कांग्रेस र एमाले तयार नभए स्वायत्त किरात जनसरकार घोषणा गर्नुपर्ने प्रस्ताव किरातीले अघि सारेका छन् ।

किरात स्वायत्त राज्य विरोधी सभासदहरुको नाम संकलन गर्ने प्रस्ताव किरातीले भेलामा राखेपछि एमाले सभासद जयन्ती राईले आपत्ति जनाइन् । तर, किरातीले किरात विरोधी सभासदको रेकर्ड राख्नुपर्छ भनेपछि सहभागीले ताली पड्काएका थिए ।

लिम्बुवानबारे के गर्ने ?

यसैवीच किरात स्वायत्त राज्यको माग गर्दै संघर्ष गर्ने तयारीमा रहेका किरातीले अलग लिम्बुवान राज्यका बारेमा सोधिएको प्रश्नमा अनलाइनखबरसँग भने- ‘भूगोलमा झगडा हुँदैन, पहिले पहिचान खोजिन्छ । यसबारे राज्य पुनसंचरना आयोगले बनाएको आधार छ । त्यसलाई मान्नुपर्छ ।’

किरातीले भने-‘भूगोलमा झगडा गर्नेहरुसँग विनम्रतापूर्वक हाम्रो आपत्ति छ । त्यसले कांग्रेस र एमालेलाई नै फाइदा पुर्‍याउँछ ।’

मोदीले घाँटी अठ्याए

एमाओवादी नेता किरातीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा बोलेको कुराले २२ दलको आन्दोलनलाई कमजोर बनाउने बताएका छन् ।

‘मोदीको भनाइबाट उत्साहित हुनुपर्ने जरुरी छैन । सहमतिबाट संविधान बनाउनुपर्छ भन्ने शब्दमा ठिकै हो, तर, यसले आन्दोलनलाई शिथिल तुल्याउँछ’ किरातीले भने, ‘कांग्रेस र एमालेलेले दुई तिहाइ पुर्‍याएकै छन्, जति दबाब भए पनि उनीहरुले छाड्दैनन् ।’

नेपालमा भारतीय हस्तक्षेप बढेको किरातीको विश्लेषण छ । ‘भारतीय हस्तक्षेप निणर्ायक ढंगले अघि बढेको छ, भित्रबाट घाँटी अँठ्याएर बाहिर मिल भन्ने भारतको नीति पहिलेकै हो,’ उनले भने, ‘तर, नारायणकाजीले गरेको विश्लेषण भन्दा मेरो अलि फरक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment