Comments Add Comment

नूर-गंगा गुठीले राष्ट्रकविलाई पुरस्कृत गर्ने

१४ मंसिर, काठमाडौ । नूर-गंगा प्रतिभा पुरस्कार गुठीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पुरस्कृत गर्ने भएको छ । नूरप्रताप जबरा र उनकी धर्मपत्नी गंगा राणाले २०४९ सालमा तीन लाख एक हजार एक रुपैयाँ राशीको अक्षयकोष खडा गरी संस्था गरेका थिए ।

फाइल तस्वीर
फाइल तस्वीर

साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने लुम्बिनी अञ्चलका प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरेको यो गुठीले पछिल्लो समय राष्ट्रिय प्रतिभाहरुलाई पनि पुरस्कृत गर्ने गरेको छ ।

गुठीले राष्ट्रकवि घिमिरेलाई प्रदान गर्ने स्थापित बालसाहित्य राष्ट्रिय पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

यस्तै गुठीले यो वर्ष नवप्रतिभा क्षेत्रीय पुरस्कारबाट रुपन्देहीकी अनुपम रोशी, क्षेत्रीय लोकगायन स्थापित पुरस्कार दुर्गा रायमाझी, राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कारबाट देवी घर्तीलाई पुरस्कृत गर्ने निर्णय गरिएको गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्माले जानकारी दिए ।

गुठीले हरेक वर्ष पाल्पाबाट एसएलसीमा सर्वाधिक अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई पनि पुरस्कृत गर्ने गरेको छ । यो वर्ष पाल्पाबाट सर्वाधिक अंक प्राप्त गर्ने शारदा उच्च मावि मदनपोखराका सागर पाण्डे र जनता उच्च मावि तानसेनकी सिर्जना बस्याललाई पुरस्कृत गरिने शर्माले बताए ।

सम्मानित ब्यक्तिहरुलाई मंसिर २६ गते एक कार्यक्रमकाबीच पुरस्कार र सम्मान प्रदान गर्ने कार्यक्रम रहेको आयोजक नुरु गंगा प्रतिभा पुरस्कार गुठीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment