Comments Add Comment

‘सुन्तली’ बनेकी प्रियंकाको यस्तो रुप

priyanka suntali

काठमाडौं । प्रियंका कार्कीको महत्वकांक्षी फिल्म ‘सुन्तली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा अहिलेसम्म निर्वाह गरेको भन्दा फरक चरित्र निर्वाह गरेको दाबी गरेकी छिन् प्रियंकाले ।
‘सुन्तली मलाइ निकै मन परेको विषय हो । यसमा मेरो क्यारेक्टर पनि युनिक छ ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन् ।
अधिकांश सुटिङ बन्दिपुरमा गरिएको यस फिल्ममा पि्रयंकाले पहिलो पटक गाउँले युवतीको भुमिका निर्वाह गरेकी छिन् । ‘म त शहरमै जन्मेर शहरमा हुर्केको मान्छे गाउँले केटी बन्न अलि गार्‍है भयो ।’ उनले भनिन् ।
सुटिङ सकिएपछि स्क्रिनमा आफुलाई हेर्दा भने निकै रमाइलो लागेको बताइन् । ‘गाउँले युवतीको भूमिकामा म निकै क्युट देखिएकी छु’ पि्रयंकाले आफ्नो मूल्याङ्कन सुनाइन् ।
भाष्कर ढुंगानाको निर्देशनमा बनेको फिल्ममा कर्मा, अर्पण थापा, सूर्यमाला खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । फागुन १ गतेदेखि फिल्म प्रदर्शन हुने भएको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment