Comments Add Comment

प्रचण्डको रौद्र रुप थियो, बस भन्ने आँट आएन : भीम रावल

७ पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सडक आन्दोलनको धम्कीबाट आफूहरु नडराउने बताएका छन् ।

bhim-rawalसाथै उनले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीले माओवादीलाई मोर्चा भंग गर्नुस् भनेको स्वीकार गरे ।

नेपाल उद्योग बाणिज्य महासंघले सोमबार गरेको अन्तरक्रियामा शनिबार बालुवाटार बैठक भाडिनुका कारणबारे जानकारी दिँदै एमाले उपाध्यक्ष रावलले भने-‘उहाँले जाती, भाषा संस्कृतिलाई अस्वीकार गर्ने कुरा गर्नु भएको छैन ।’

बालुवाटार बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले रौद्र रुप देखाएको उनले बताए ।

छलफलमा एमाओवादी उपाध्यक्ष प्रकाशले बालुवाटार बैठकबाट माओवादी नेताहरु बाहिरिने क्रममा कांग्रेस र एमालेका नेताहरुले बसौं, छलफल गरौं समेत नभनेको बरु ठिकै भयो भने जस्तो गरेको बताएका थिए ।

त्यसको जवाफ दिँदै रावलले भने-मलाई बसौं भनौं लागेको थियो । तर, प्रचण्ड-बाबुरामको रौद्र रुप थियो । झपार्ने हो कि भनेर आट नगरेको हो ।’

रावलले एमाले कांग्रेसको एजेण्डामा गयो भन्ने आरोपलाई दुई दल मिल्दा भएको चिन्ता भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment