Comments Add Comment

माघभित्रै सुरुङ मार्गको वित्तीय व्यवस्थापन हुने, यसरी जुट्दैछ पुँजी

Npbcl१ माघ काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीले यही माघ महिनाभित्र काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्गको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्ने जनाएको छ ।

कम्पनीले क्यानेडियन कम्पनीबाट २८ अर्ब, संस्थापक सेयरधनीबाट २ अर्ब, प्रि-आइपिओबाट २ अर्ब र आइपिओबाट ३ अर्ब रुपैयाँ लगानी जुटाउने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए ।

बुधबार सम्पन्न कम्पनीको दोस्रो वाषिर्क साधारणसले गरेका निर्णय सार्वजानिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले माघभित्रै वित्तीय व्यवस्थापन गर्ने दाबी गरे ।

‘जनवरी भित्रमा वित्तीय स्रोत जुटाउने प्रक्रिया सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउने छौं’ जोशीले भने ।

Surung Margaसन् २०१६ मा निर्माण सम्पन्न गर्ने भनिए पनि लगानी स्रोत जुटाउन नसक्दा अहिलेसम्म निर्माणको काम सुरु हुन सकेको छैन् । पछिल्लो समयमा परियोजना निर्माणको लागि क्यानेडिएन कम्पनीले कुल लागतको ८० प्रतिशत (२८ अर्ब) लगानी गरी सम्झौता गरेको छ । परियोजना सम्पन्न गर्न ३५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

क्यानेडियन कम्पनीले आफैले काम गर्ने शर्तमा ऋण लगानी गर्न लागेको हो । यसका लागि क्यानेडियाकै इएक्सपी सर्भिस इंन्कले विस्तृत परियोजना प्रतिवेदन पुनरावलोकन गरिरहेको जोशीले जानकारी दिए । सम्झौता अनुसार उक्त कम्पनीले फेब्रुअरीसम्ममा पुनरावलोन सक्ने र त्यसपछि लगत्तै निर्माणको काम सुरु गर्ने बताइएको छ ।

‘क्यानेडियन कम्पनीले जोखिम विश्लेषण, इन्जिनियरिङ, वातावरणीय, सामाजिक तथा भूमि व्यवस्थापन, सम्भार तथा सञ्चालन, अनुमानित लागत आदिको अध्ययन गरी मस्यौदा प्रतिवेदन तयार गरिरहेको छ’ जोशीले भने ।

परियोजनाको लागि स्वेदशी कम्पनीबाटै पुँजी जुटाउने प्रयास गरिए पनि सरकारको नीतिगत अस्पष्टताको कारण असम्भव भएको जोशीले गुनासो गरे । ‘सञ्चयकोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्थामा भएका पैसा लगानी नभएर बसेका छन । परियोजनाहरुले लगानी पाएका छैनन । अस्पष्ट सरकारी नीतिको कारण यस्तो समस्या भएको हो’ उनले भने ।

क्यानेडियन कम्पनीले गरिरेहको अध्ययनबाट सुरुङ मार्गको दूरी घट्ने सम्भावना देखिएको र केही ‘अलाइनमेन्ट’ समेत परिमार्जन गरिएको उनले बताए । ‘सुरुङ मार्गको कूल दूरी ५८ किलोमिटरबाट घटेर ५६ किलोमिटर हुने संभावना बढेर गएको छ’ उनले भने ।

साधारणसभाले छिटोभन्दा छिटो निर्माण थाल्नुपर्ने निर्णय गरेको उनले बताए । ‘वित्तीय व्यवस्थापन भइसकेपछि मात्रै सुरुङ मार्ग निर्माणको मिति तोकिने छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment