Comments Add Comment

डाक्टरले चिरेको आफ्नो पेटबाट यसरी थुतिन् महिलाले जुम्ल्याहा बच्चा (फोटोकथा)

Baby  (2)
डाक्टरहरुले पेटमा रहेका बच्चालाई शल्यक्रिया गरि निकाल्नका लागि उनको पेट चिरिसकेका थिए । यसअघि पनि पाँचपटकसम्म शल्यक्रिया नै गरेर ९ वटा बच्चा जन्माइसकेकी गेरी वोल्फ नामकी ती महिलाको उमेर पनि ढल्किसकेको र पेटमा जुम्ल्याहा बच्चा भएकाले केही खतरा हुन्छ की भनेर डाक्टरहरु निकै सावधानी अपनाइरहेका थिए । अझ ती हठी महिलाको एउटा शर्तका कारण डाक्टरहरु निकै चिन्तित थिए । उनले शल्यक्रियाका बेला आफुले नै आफ्ना बच्चालाई पेटबाट बाहिर निकाल्न पाउनुपर्ने शर्त राखेकी थिइन् ।

घटना अस्ट्रेलियाको हो । ४१ वर्षकी गेरीले गएको डिसेम्बर २२ मा आफ्नो पेटबाट आफै जुम्ल्याहा बच्चालाई थुतेर जन्म दिइन् । सायद विश्वकै पहिलो घटना हुनुपर्छ यो, जहाँ शल्यक्रियाबाट बच्चा जन्माउँदा डाक्टरहरुले नभै गर्भवती महिला आफैले आफ्नो बच्चालाई बाहिर निकालिन् ।

Baby  (4)

न्यु साउथ वेल्सको जोन हन्टर अस्पतालमा प्रसुतिका लागि भर्ना भएकी गेरीको यसअघि पनि पाँचवट शल्यक्रिया भैसकेको हुँदा डाक्टरहरुले शल्यक्रिया गर्नुभन्दा प्राकृतिक रुपमै बच्चा जन्माउनु उपयुक्त हुने सुझाएका थिए । तर गेरीले शल्यक्रिया नै गरेर बच्चा पाउने हठ मात्र राखिनन् शल्यक्रिया गर्दा आफ्नो पेटबाट आफैले बच्चा निकाल्न पाउनुपर्ने माग समेत गरिन् । उनका परिवारले यसो गर्दा खतरा हुने भनेर उनलाई सम्झाउन खोजेपनि ती जब्बर महिलाले मानिन् । आफ्नो सरीर र पेटमा रहेका बच्चामाथि आफ्नो हक रहेको र आफुले आफ्नो इच्छा अनुसार बच्चा जन्माउन पाउनुपर्ने उनको अडान रह्यो ।

अन्ततः डाक्टरहरुले उनलाई अपरेसन कक्षमा लगे । प्रसुतिका लागि सानो शल्यक्रिया गरियो । त्यसपछि डाक्टरहरुले गेरीलाई हातले समाएर बच्चा बाहिर निकाल्न अह्राए । डाक्टरको आदेशपछि गेरीले आफ्नो चिरेको पेटभित्र रहेका जुम्ल्याहा बच्चालाई च्याप्प समातिन् र बाहिर तानिन् अनि त्यसपछि छातिमा टाँसिन् ।
आफ्नी आमाले नै पेटबाट निकालेका यी जुम्ल्याहा बच्चा अहिले एक महिनाका भैसकेका छन् । उनीहरु पूर्ण रुपमा स्वस्थ रहेको बताइएको छ ।

Baby  (1) Baby  (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment