Comments Add Comment

विराट गोल्डकप प्रतियोगिता माघ अन्तिम सातादेखि

BIRAT-GOLDCUP-PRESSMEET

११ माघ, विराटनगर । मोफसलकै सर्वाधिक धनराशीको विराट गोल्डकप फुटबल प्रतियोगिता माघ अन्तिम सातावाट विराटनगरमा हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा माघ २९ देखि चैत ७ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो ।

आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतियोगितामा भारतको युनाइटेड सिक्किम सहित नेपालका ‘ए’ डिभिजनका ७ टिमको सहभागिता रहने छ ।

आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतका अनुसार प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, मोरङ फुटबल र झापा ११ को सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख एक हजार तथा उपविजेताले नगद तीन लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् । आयोजक समितिका अनुसार पहिलोपटक प्रतियोगिताबाट वाहिरने टिमलाई समेत प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

अध्यक्ष राउतले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सहभागी टिमहरुलाई प्रथम चरणको खेलबाट बाहिरिनेलाई नगद तीस हजार, दोश्रो चरणबाट बाहिरिनेलाई पचहतर हजार र तेश्रो चरणबाट वाहिरिने टिमलाई १ लाख प्रदान गरिने जानकारी दिए । त्यसैगरी खेल अवधिभर उत्कृष्ट टिम, खेलाडी, प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विक्रम संवत् २०१८ सालमा महेन्द्र गोल्डकप फुटबल प्रतियोगिताको नामबाट सो प्रतियोगिता स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment