Comments Add Comment

नेरिकलाई दोहोरो उपाधि

११ माघ काठमाडौं । आयोजक नेरिक एकेडेमीले चौथो नेरिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

दोहोरो उपाधि जितेको नेरिक सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । अघिल्लो संस्करणमा पनि नेरिक सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवैमा पहिलो भएको थियो ।

शंखमूलस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा नेरिकले गि्रनफिल्डलाई ३६-२४ ले पराजित गर्‍यो । विजयी टिमका लागि अंकित भण्डारीले ११ अंक जोडे । अन्तिम तथा चौथो क्वाटरमा ६-९ ले पछि परेको नेरिक बाँकीमा भने अगाडि रह्यो । नेरिकले पहिलोमा १४-१०, दोश्रोमा ११-२ र तेश्रोमा ५-२ को अग्रता लियो ।

जुनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिकले ज्ञाननिकेतनलाई ४४-३२ ले हरायो । नेरिकको जितमा क्रिजन पन्तले १६ अंक योगदान गरे ।

‘मोस्ट भेलुएबल प्लेयर’ को दुवै विधाको उपाधि पनि नेरिककै पोल्टमा गयो । सिनियरमा दीपेन्द्र भण्डारी र जुनियरमा असिम भण्डारी ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियरमा एम्बासडर र जुनियरमा गि्रनफिल्डले अनुशासित टिमको उपाधि हात पारे ।

माघ ४ गतेदेखि सुरु प्रतियोगिताको सियिनरमा १६ र जुनियरमा १२ गरी जम्मा २८ ब्वाइज टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment