Comments Add Comment

सर्वोच्चले हटायो कृषि विकास बैंकको अबरोध

agriculture_development_bank१२ माघ काठमाडौं । सर्बोच्च अदालतले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको अवकास र नियुक्तिको विवाद सुल्झाएको छ ।

तत्कालीन सीइओ तेजबहादुर बुढाथोकीले आफूलाई हटाउने सञ्चालक समितिको निर्णयका विरुद्ध अन्तरिम आदेशको माग गरे पनि सर्बोच्चले उनलाई स्टे अर्डर दिएन ।

बुढाथोकीले स्टे अर्डर नपाएसँगै प्रतिस्पर्धामा सहभागि भएर नियुक्ति सीइओमा छनोट भएका लिलाप्रकाश सिटौलालाई काम गर्ने बाटो खुलेको छ ।

सीइओ नियुक्तिमा विवाद भएपछि बैंकले आफ्नो वाषिर्कोत्सवसमेत मनाउन सकेको थिएन ।

बैंकको सञ्चालक समितिले कार्यसम्पादन मुल्यांकन चित्तबुझ्दो नभएको र कर्जा लगानी गर्दा कमिशन खाएकोलगायतका आरोप लगाउँदै बुढाथोकीलाई बर्खास्त गरेको थियो ।

सञ्चालक समितिले अन्यायपूर्वक हटाएको भन्दै बुढाथोकीले पुनर्बहालीको माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्बोच्चले उनको निबेदनमा अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरिसकेको छ ।

बुढाथोकीले नयाँ कार्यकारी अधिकृतको नियुक्तिको उक्त प्रक्रिया रोकीपाउँ भनी पुनरावेदन अदालतमा दिएको मुद्दा हारेपछि सर्बोच्चमा मुद्दा दायर गरेका थिए ।

सीइओ हुन स्नातकोत्तर योग्यता हुनुपर्नेमा विनियमावलीमा परिवर्तन गरी कृषि स्नातक सम्मको मात्र शैक्षिक योग्यता भएका बुढाथोकीलाई तत्कालिन माओवादी सरकारले कर्मचारी विनियमावलीमा परिवर्तन गरेर नियुक्ति दिएको थियो ।

बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिततामा संलग्न भएको प्रमाणका आधारमा कारबाही गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment