Comments Add Comment

१ सय कलेजमा ‘होस्टेल रिटर्न्स’ पुग्ने

hostel-returns-team
चलचित्रको बिषयवस्तु अनुसार त्यसको प्रचार शैली पनि हुनुपर्छ । चलचित्रको बिषय एकातिर र प्रचार शैली अर्कोतिर भएको खण्डमा जती खर्च गरेपनि त्यसले काम गर्दैन । यही कुरालाई मनन गरेर होला दुर्गिस फिल्मस्ले आफ्नो तेश्रो चलचित्र ‘होस्टेल रिटर्न्स’लाई कलेज प्रचारमा लैजाने भएको छ ।

होस्टेलमा बस्ने यूवायूवतीको प्रेम, मस्ती, बियोग, पीडालाई समेटेर तयार पारिएको यो चलचित्र वैशाख २५ गतेबाट चल्दैछ । सरस्वती पूजाको दिनबाट चलचित्र प्रचारका लागि कलेज क्याम्पिएन सुरु गरिएको निर्माता सुनिल रावलले जानकारी दिएका छन् । चलचित्र प्रचार गर्न देशका विभिन्न १ सय कलेज पुग्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

आइतबार चलचित्रको यूनिट कलंकीमा रहेको हिमालयन एग्रिकल्चर एण्ड टेक्निकल कलेजमा पुगेका हुन् । कलेजका कलाकारले प्रोमो मञ्चन पनि गरेका छन् । सुरज भुषालले निर्देशन गरेको यो चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका छ । यो सफल चलचित्र ‘होस्टेल’को सिक्वेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment