Comments Add Comment

आकर्षक सुविधासहित जियोनीको ‘पि-६’ आउँदै

१४ माघ, काठमाडौं । संसारकै दश ठूला मोबाइल निर्मातामध्ये एक जियोनीले नयाँ स्मार्टफोन ‘पि-६’ नेपाली बजारमा भित्राउँदै छ । थरिथरि प्रविधि भएका स्मार्टफोन भित्राउने क्रममा जियोनीले ‘पि-६’ बजारमा ल्याउन लागेको हो ।

‘पि-६’ मा ५ इञ्चको एलGionee-P6सीडी डिस्प्ले रहेको छ । जसले गर्दा मोबाइल प्रयोकर्तालाई वास्तविकताको अनुभुती हुनेछ । ठूलो डिस्प्लेका कारण सजिलै र आनन्दसँग भिडियो हेर्न, तस्बीरहरु खिच्न, इन्टरनेट चलाउन तथा ई-बुक पढ्न सकिने छ ।

यसको विशेष डिजाइन र गोलाकार कुनाहरु भएको हुनाले अझै पातलो र टाइलिस देखिन्छ । जियोनी संसारकै पातलो स्मार्टफोन निर्माताको रुपमा समेत परिचित मोबाइल कम्पनी हो ।

यस फोनमा विशेष होल्जर स्वीच भएको हुनाले फि्लप गरेर नै यो फोनमा धेरै कुराहरु गर्न सकिन्छ । फ्लिप गरेर डिस्प्ले अन हुने, मिति समय र मौसम थाहा हुने र फाइलहरु पनि ट्रान्सफर गर्न सकिन्छ । साथै, फोटो खिच्ने र म्युजिक सुन्न सकिने विशेषता खास छन् ।

फोनको विशेष डिजाइन र बाहिरी लुक अर्धपारदर्शी कृष्टल कोटिङ भएकोले आकर्षक देखिने कम्पनीका दाबी छ ।

यसमा १.३ गीगाहर्ज क्वार्डकोर प्रोसेर, १ जबी र्‍याम, ८ जीबी इन्टरनल मेमोरी रहेको छ । यसमा ५ मेगापिक्सेल क्यामेरा रहेको छ भने दुईवटा सीम समेत प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment