Comments Add Comment

पहिलो दिन ४७ हजारले अवलोकन गरे क्यान इन्फोटेक

Caan Info Tech (6)

१४ माघ, काठमाडौं । राजधानीमा सुरु भएको क्यान इन्फोटेक उद्घाटनकै दिन ४७ हजार ५ सय ३१ जनाले अवलोकन गरेका छन् । स्टलहरु पूर्ण रुपमा तयार नभएपनि सर्वसाधारणको बाक्लो उपस्थिती देखिएको छ ।

नेपालमा आयोजना हुने विभिन्न खालका मेलाहरुमध्ये क्यान इन्फोटेक सबैभन्दा आकर्षणको रुपमा रहँदै आएको छ । क्यान इन्फोटेक सबैभन्दा बढी अवलोकनकर्ता भित्राउने मेला बनिरहेको छ ।

दुई सय १९ वटा स्टलहरु रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका स्टलहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment