Comments Add Comment

१० दिनभित्र सजिलै ग्यास पाइने निगमको दाबी

Interaction

१५ माघ, काठमाडौं । नेपाल आयल निगमले ८-१० दिन भित्रै खाना पकाउने ग्यास सहजरुपमा पाइने दाबी गरेको छ ।

आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सञ्चार माध्यममा बाहिर भनिए जस्तो विचित्रताको स्थिति नभएको भन्दै केही दिन भित्रै आपूर्ति सहज हुने दाबी गरेका हुन् ।

मिडिया इन्टरनेश्नलले विहीबार गरेको साक्षात्कारमा उनले उद्योगी, व्यापारी, वाणिज्य विभाग, निगम सबैको सहकार्यमा ग्यास अभाव सहजीकरण बनाउँदै लगिने बताए ।

वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले पछिल्लो पटक बढेको मागको सही मापन नभएको र निगमले पनि वैकल्पिक रणनीति अवलम्वन नगर्दा ग्यास अभाव भएको बताए । धेरै ग्यास सञ्चित गरेर राख्दा त्यसबाट हुन सक्ने सम्भावित दुर्घटनाबारे उपभोक्ताहरुलाई सजग गराउन सकिए ग्यास आपूर्ति सहज हुने कोइरालाको तर्क छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले निगमको व्यवस्थापनको कमजोरीले नै बेला-बेलामा उपभोक्ताले ग्यासको अभाव ब्यहोरेको टिप्पणी गरे । ग्यासको आयात बढाउनु नै समाधानको उत्तम विकल्प हुने घिमिरेको भनाई छ । ग्यासको खपत र आपूर्तिमा तालमेल नमिल्दा ग्यासको अभाव चर्किएको घिमिरेले बताए । उपभोक्तालाई पनि आवश्यकता भन्दा धेरै ग्यास सञ्चिती गरेर नराख्न उनले आग्रह गरे ।

ग्यास विक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाले जाडो सिजन सुरु हुनुअगावै राज्यले ग्यासको भण्डारण बढाउनुपर्ने र त्यहीं अनुरुप आपूर्तिका लागि तयारी गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment