Comments Add Comment

ओलीले त्यस्तो नबोलेको भए राम्रो हुन्थ्यो : नेम्वाङ

१८ माघ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एमाले अध्यक्ष केपी ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

Subas-Nemwang

  • फाइल फोटो

विगतमा संसद अवरोध खुलाउँदा माओवादीलाई अढाइ अर्ब रुपैयाँ दिएजस्तै अहिले १० अर्बका लागि बार्गेनिङ गरेको ओलीले आरोप लगाएका थिए ।

सिंहदरबारमा संसदीय मामिला पत्रकारसँगको नियमित भेटघाटका क्रममा सभाध्यक्ष नेम्वाङले ओलीको यस्तो भनाइप्रति असन्तुष्टि जनाएका हुन् ।

‘दलहरुले यस्तो बेलामा एक अर्काका बारेमा तिक्त टिप्पणी गर्नु राम्रो होइन’ नेम्वाङले भने ‘यसले आपसी सम्बन्धलाई झन् नराम्रो बनाउँछ र सहमतिमा बाधा पार्छ ।’

सभाध्यक्ष नेम्वाङले ओलीको नाम नलिई, जुन कुरा बाहिर आएको छ, त्यो राम्रो होइन भने । ‘यस्ता कुरा बन्द गर्नु राम्रो हुन्छ’ नेम्वाङले भने ‘उहाँले त्यस्तो कुरा नगरेको भए राम्रो हुनेथियो ।’

प्रश्नावली समिति मध्यमार्गी बाटो

प्रश्नावली प्रस्ताव समिति नै दलहरुबीच सहमति कायम गर्ने मध्यमार्गी बाटो रहेको उनको भनाइ छ । ‘यसले सहमतिलाई महत्व दिएको छ, जुनसुकै बेला दलहरु सहमत हुनासाथ एकैचोटि मस्यौदा समितिमा जान्छ’ नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment