Comments Add Comment

दिलिपको खुलासा-‘बाहिर आँखा लगाउँदा घरबार बिग्रियो’

dilip-rayamaji
नायक दिलिप रायमाझी चलचित्रको पर्दामा जती सोझा देखिन्छन् वास्तविक जीवनमा त्यस्तो छैनन् । पारिवारिक र प्रेम कथाका चलचित्र खेलेर दिलिपले लाखौ दर्शकको मन जितेका छन् । दिलिपले खेलेका ‘आफ्नो मान्छे हुन् या दर्पणछाँया’ दर्शकको मानसपटलमा अझै पनि छन् ।
उनै, दिलिपले आफूले केही बर्षअघि बाहिर मन डुलाउँदा घरबार बिग्रिएको खुलासा गरेका छन् । वास्तविक जीवनमा तपाई कस्तो लोग्ने मान्छे ? भन्ने प्रश्नमा ‘लोग्ने मान्छे’ चलचित्रका नायक दिलिपले भने-‘म अहिले सुध्रिएको छु र आफ्नै घर व्यवहारमा व्यस्त छु । तर, केही बर्ष अघि बाहिर मन डुलाउँदा म बिग्रिएको थिएँ ।’
उनले नढाटी भन्दा आफू चलचित्र ‘लोग्ने मान्छे’को क्यारेक्टर जस्तै वास्तविक जीवनमा पनि केही समय अघि सम्म भएको बताए । उनले बाहिर आँखा डुलाउने गरेको खुलाएका हुन् ।

यस्तो हुँदा के घरमा घर झगडा भएको थियो त भन्ने प्रश्नमा भने दीलिपले खासै केही बोलेनन् । उनले यसलाई अब आफै मिलाएर वुझ्नु होला मात्र भने ।
नवुझ्दा सम्म, हरेक कुरामा अज्ञानी हुँदा यस्तो हुँदो रहेछ भन्दै दिलिपले अब आफू भ्रमबाट मुक्त भएको खुलाएका हुन् ।
चलचित्रको करिअरको दौरानमा आफूमा थुप्रै उतारचढाव आएको भन्दै दिलिपले अब आफूले सही मार्ग पत्ता लगाएको बताए । दिलिपले भने-‘हो मैले विचमा जथाभावी चलचित्र खेले, आफूलाई मेन्टेन गरिन । अब, म कम चलचित्र मात्र खेल्छु, नराम्रो लाग्यो बरु खाली बस्छु ।’
लय संग्रौलाले निर्देशन गरेको चलचित्र ‘लोग्ने मान्छे’ माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ । दिलिपले यो चलचित्रबाट आफूले ठूलो आशा राखेको समेत खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment