२५ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला वार्ताका लागि आहृवान गरेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएका छन् ।
सिरहामा रहेका प्रचण्ड भर्खरै काठमाडौं आइपुगेका छन् ।
‘प्रधानमन्त्रीको वक्तव्य स्वकीय सचिव चूडामणि खड्काले प्रचण्डलाई पढेर सुनाउनुभएको थियो’ नेता विश्वनाथ साहले अनलाइनखबबरसँग भने- ‘उहाँले वक्तव्य प्रष्ट छैन भनेर प्रतिक्रिया दिनुभएको छ ।’
यद्यपि आन्दोलनकारी ३० दलका नेताहरुसँग छलफल गरेर जवाफ दिने प्रचण्डले बताएका छन् । ३० दलसँग छलफलका लागि प्रचण्ड आइतबारै काठमाडौं आएका हुन् ।
प्रधानमन्त्री सुशील कोइरालाले आइतबार वक्तव्य निकालेर वार्तामा आउन आहृवान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4