२५ माघ, नेपालगञ्ज । एमाओवादी नेता डा. बाबुराम भट्टराईले नेपालगञ्जको कोहलपुरमा आयोजित थरुहटको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाको वक्तव्य पढेर सुनाए ।
डा. भट्टराईले प्रधानमन्त्रीको यही वक्तव्यका आधारमा वार्तामा बस्न नसकिने बताउँदा कार्यकर्ताले ताली पड्काए ।
‘प्रधानमन्त्रीको वक्तव्य हामीले अनलाइनबाट पि्रन्ट गरेर पढेका हौं,’ प्रशिक्षण स्थलबाट एमाओवादी नेता निर्मलकुमारले डा. भट्टराईको भनाइ उधृत गर्दै अनलाइनखबरसँग भने, ‘हामीले संविधानसभाको प्रक्रिया र काम रोक्नुपर्छ भनेका थियौं तर वक्तव्यमा त्यसलाई निरन्तरता दिनेजस्तो देखिएकाले यही वक्तव्यका आधारमा आन्दोलन रोकेर वार्तामा जान सकिँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4