Comments Add Comment

अमेरिकी राजदूतले भने- आर्थिक विकासको मौका यही हो, नगुमाउनु होस

Arthamantri1१५ फागुन काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अहिलेको समय नेपालको आर्थिक विकासका लागि अनुकुल भएको भन्दै यो मौका गुमाउन नहुने बताएका छन ।

भारत र चीनलगायतका देशसँग नेपालको अन्तर्राष्ट्रिय सम्वन्धमा ठूलो सुधार आएकाले यो लगानीको अनुकुल समय भएको बताए ।

‘नेपालले विदेशी सहयोग तथा लगानी आकषिर्त गरी आर्थिक प्रगति गर्ने अनुकूल वातावरण निर्माण भएको छ, यो मौका गुमाउनु हुँदैन ।’ शुक्रबार अर्थमन्त्री डा. रामशरणमहतसँग भेटघाटका क्रममा राजदूत बोडेले भने ।

एनले संविधान आएपछि लगानी र सहयोग धेरै आउने भएकाले समयमै संविधान निर्माण गर्न सुझाव दिए । संविधान निर्माण भए द्रुत गतिमा आर्थिक विकास हुने बोडेले विश्वास व्यक्त गरे ।

भेटघाटका क्रममा अर्थमन्त्री महतले सरकार अहिले राजनीतिक वातावरणमा सुधार गरी आर्थिक प्रगति गर्ने र जनताको जीवनस्तर माथि उठाउने काममा लागि परेको बताए । यसको परिणामस्वरुप दातृ राष्ट्र तथा संस्थाहरुबाट उच्च सदाशयताका साथ सहयोगहरु प्राप्त हुन थालेको र लगानी पनि बढ्न थालेको महतले जानकारी गराए ।

उनले सत्तारुढ दलहरुले अधिकतम लचकता अपनाएर संबिधान निर्माणमा जोड दिएको प्रष्ट पारे ।

अमेरिकाले नेपालमा नयाँ सरकार आएसँगै कम्प्याक्ट प्रोग्रामका नामले सहयोगको नयाँ ढोका खोलेको छ । यस अन्तर्गत १० अर्बदेखि ६० अर्ब रुपैयाँ सम्मको वाषिर्क सहयोग प्रदान गर्ने घोषणा गरेको छ । यो अमेरिकाले नेपाललाई नियमितरुपमा गर्दै आएको सहयोगको अतिरिक्त सहयोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment