Comments Add Comment

एनआरएन अध्यक्ष घले जापानमा, चारवटा शहरमा नेपालीसँग अन्तरक्रिया गर्ने

shesh-ghale-in-japanनागोया । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले जापानवासी नेपालीसँग अन्तरक्रियाका लागि जापान भ्रमणमा आउनुभएको छ ।
गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय निर्माणका लागि रकम संकलन अभियान संचालन गरिरहनुभएका अध्यक्ष घलेले मलेसियाबाट आज बिहान नागोया आइपुग्नुभएको छ ।
उहाँलाई चुबु अन्तराष्ट्रिय बिमानस्थलमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष पारसमणि पोखरेलले स्वागत गर्नुभयो ।
अध्यक्ष घलेले आफ्नो चार दिने जापान बसाईका क्रममा चारवटा भिन्न भिन्न शहरका रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्नुहुनेछ ।
उहाँको उपस्थीतिमा गैरआवासीय नेपाली संघ जापानले आज नागोयामा अन्तरक्रिया कार्यक्रममा आयोजना गर्दैछ । यसैगरी सोमबार ओशाका, मंगलबार फुकुओका र बुधबार टोक्योमा आयोजित कार्यक्रममा सहभागी हुनुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment