Comments Add Comment

अमेरिकी जेलमा भएका नेपाली खोज्न निर्देशन

१९ फागुन, काठमाडौं । नेपालबाट विभिन्न मुलुकमा हुने गरेको मानव तस्करीको जालो पत्ता लगाउन संसदीय समितिले चासो देखाएको छ । दलालहरुले भेनेजुयला, ब्राजिल, भियतनाम, बोलिभिया, कोलम्बियालगायत मुलुकका स्थल र समुन्द्री मार्ग हुँदै संयुक्त राज्य अमेरिका छिराउने र त्यहाँ पुगेपछि नेपालीहरु पक्राउ पर्ने क्रम बढेको छ । अमेरिका छिर्ने क्रममा पक्राउ परेका नेपालीबारे सरकार नै बेखबर भएपछि संसदीय समितिले चासो देखाएको कारोबारमा खबर छ ।

jail

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले १ महिनाभित्र जेलजीवन भोगिरहेका नेपालीको यकिन तथ्यांक पठाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबारको बैठकमा समिति सभापति सुशीलकुमार श्रेष्ठले दलालमार्फत विभिन्न मुलुक हुँदै नेपालीहरु ल्याटिन अमेरिका पुगी अलपत्र पर्ने गरेको र कतिपयको मृत्यु नै हुने गरेको बताए ।

‘नेपालीहरु अवैध ढंगले अमेरिका पुग्दा विभिन्न समस्या भाग्न बाध्य छन्, त्यस्ता नेपालीको संख्या कति छ भन्ने तथ्यांक छैन्,’ उनले भने, ‘त्यसैले १ महिनाभित्र अमेरिका तथा ल्याटिन अमेरिकामा जेल जीवन विताइरहेका नेपालीबारे सत्यतथ्य बुझ्न निर्देशन दिएका हौं ।’

जानकारहरुका अनुसार दलालहरुले नेपाली युवालाई भारत र चीनको बाटो हुँदै अमेरिकी मुलुकसम्म पुर्‍याइरहेका छन् । २५ लाख रुपैयाँसम्ममा अमेरिका पुर्‍याउने आश्वासन दिएर ‘ब्ल्याकमेल’ गरी ४० लाख रुपैयाँसम्म असुल्ने गरिएको भन्दै पीडितहरुले संसदीय समितिमा उजुरी नै दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment