Comments Add Comment

गुप्तांगको औषत लम्बाइ कति ? अध्ययन यसो भन्छ

manhood-main
यो नतिजाले सायद लाखौँलाई खुसी बनाउन सक्छ । एक नयाँ सर्भेक्षणले पुरुषहरुको गुप्तांगको औषत लम्बाइ झण्डै ५ इन्च हुने देखाएको छ ।

१५ हजार ५ सय जना वयस्क पुरुषहरुमा गरिएको सर्भेक्षणले पुरुष लिंगको उत्तेजित अवस्थाको औषत लम्बाइ १३.१२ सेन्टिमिटर अर्थात् ५.१६ इन्च रहेको देखाएको छ ।

पुरुष गुप्तांगको औषत मोटाइको समेत शोधकर्ताहरुले वैज्ञानिक नाप सार्वजनिक गरेका छन् । सर्भेक्षण अनुसार पुरुष गुप्तांग उत्तेजित अवस्थाको मोटाइ ११.६६ से.मी. अर्थात् ४.५९ इन्च रहने गरेको छ ।

शोधकर्ताहरुका अनुसार लिंगको लम्बाइ र मानिसको उचाइबीच निकै कम सम्बन्ध रहने गरेको समेत पाइएको छ ।

बिजेयु इन्टरनेसनल जर्नलमा प्रकाशित शोध प्रतिवेदन गुप्तांगको लम्बाइ कम हुँदा चिन्तित भएका पुरुषहरुलाई परामर्श प्रदान गर्न तथा कण्डमको असफलता र लिंगको आकार प्रकारबीचको सम्बन्धको खोज गर्न सहयोगी हुने विज्ञहरुले बताएका छन् ।

मिरर अनलाइनमा छापिएको समाचार अनुसार बेलायतको किंग्स कलेज तथा मड्सले एनएचएस फाउण्डेसन ट्रस्टका शोधकर्ताहरुले १५ हजार ५ सय २१ जना पुरुषको गुप्तांगको विशेष नापजाँच गरी ग्राफिक्स तयार पारेका छन् ।

यो अध्ययनले अधिकांस पुरुषहरुको गुप्तांगको आकार औषतकै नजिक रहेको र पुरुषहरु आफ्नो गुप्तांगको आकारलाई लिएर खासै चिन्तित हुनुपर्ने अवस्था नरहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment