Comments Add Comment

होटल रत्नाको विद्युत काट्न प्रेम सञ्जेलको पत्र

११ चैत, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरले रत्ना होटलको विद्युत काट्न निर्देशन दिएको छ ।

कार्यालय प्रमुख प्रेम सञ्जेलले विद्युत प्राधिकरणलाई पत्र काट्दै मजदुरको तलव भुक्तानी गर्न सर्वाेच्च अदालतले गरेको फैसला कार्यन्यन नगर्ने रत्ना होटलको विद्युत कटौती गर्न आग्रह गरेका हुन् ।

रत्ना होटलले काम गरेको पारिश्रमिक नदिएको भन्दै रामेश्वर श्रेष्ठ, दुर्गा उप्रेती, पारस गुरुङ र विश्वबन्दु खड्काले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । श्रम कार्यालय विराटनगर हुँदै सर्वाेच्च पुगेको मुद्दामा अदालतले श्रमिमको न्यूनतम पारिश्रमिक नियमअनुसार भुक्तानी गर्न २७ असारमा आदेश दिएको थियो ।

श्रम अदालत काठमाडौंले २०६९ असार २२ गते मजदुरको तलब भुक्तानी गर्नुपर्ने फैसला गरेको थियो । श्रम अदालतको फैसला कार्यन्यन नभएपछि मजदुहरुले सर्वाेच्चमा अदालतमा उत्प्रेषणयुक्त परमादेश मागसहित रिट हालेका थिए । सर्वाेच्चका न्यायशीध हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले श्रम अदालतको फैसला सदर गरी कार्यन्यन गर्न श्रम कार्यालय विराटनगरमा पठाएको थियो ।

तर, पटकपटक फैसला कार्यन्यन गराउन आग्रह गर्दा अटेर गरेपछि बिद्युत आपूर्ति बन्द गर्न प्राधिकरणलाई पत्र पठाइएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

उनका अनुसार गत फागुनमा पनि विद्युत आपूर्ती बन्द गर्न पत्र पठाइएको थियो । तर, कार्यन्वयन नभएपछि पुनः दोस्रो पटक पत्र पठाइएको हो । श्रम कार्यालयले गत फागुन १२ गते बैंक खात्ता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले होटल रत्नको चारवटा बैंकमा रहेको खाता रोकेको बताइएको छ ।

सर्वाेच्चको फैसला कार्यन्यनका लागि श्रम कार्यालयले गत साता रत्न होटल सञ्चालक र मजदुरलाई बोलाएको थियो । मजदुर पुगेपनि होटल सञ्चालक रत्न थापा भने पुगेनन् । पूर्वप्रहरी अधिकृत समेत रहेका थापाले फैसला कार्यन्यन नगरेपछि श्रम कार्यालयले सेवा बन्द गराउन प्राधिकरणलाई पत्र पठाएको हो ।

होटलबाट दुर्गाप्रसाद उप्रेती, विश्वबन्धु खड्का र पारस गुरुङले नियमअनुसार १३ लाख ९६ हजार ३ सय ५५ रुपैयाँ पाउनुपर्ने छ भने केशव बहादुर बुढाथोकीले ३० लाख ६२ हजार रुपैयाँ पाउनु पर्ने छ ।

रत्न होटलमा म्यानेजर इश्वर श्रेष्ठले भने उजरी गर्ने कर्मचारी आफैं निस्किएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment