Comments Add Comment

जब सोनालीले क्यान्सरलाई जितेर फर्किइन्

यसपाली बलिउड एकातिर विवाहको रौनकमा झुम्यो भने अर्कोतिर एकपछि अर्को सेलिब्रेटी रोगले थलिएको खबरले सन्नटा पनि छायो ।

इरफान खान दुर्लभ क्यान्सरले ग्रस्त भए । यसैबीच सोनाली बेन्द्रे पनि क्यान्सरले थलिएको खबर आयो । इरफान अझैपनि क्यान्सरसँग जुधिरहेका छन् । यता सोनाली भने क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् ।

हुन त क्यान्सर यस्तो घातक रोग हो, जसलाई झेल्न सानोतिनो प्रयासले पुग्दैन । अक्सर के मान्यता छ भने क्यान्सरले गाँजेपछि एक हिसाबले जीवन समाप्त हुन्छ । तर, समाजमा यस्ता कति उदाहरण छन्, जसले क्यान्सरमाथि जित हासिल गरेका छन् । जस्तो अभिनेत्री मनिषा कोइराल उदाहरण हुन् । मनिषा क्यान्सरको उपचारपछि अहिले सामान्य जीवनमा फर्किएकी छिन् । उनले क्यान्सरले कसरी आफुलाई मृत्युको मुखमा पुर्‍यायो, त्यसबाट उम्कनका लागि कति कठोर पीडा खेप्नुपर्‍यो भन्ने कुरा सुनाइसकेकी छिन् ।

यसै मेसोमा क्यान्सरलाई जितेर फर्किएकी सोनाली बेन्द्रेले पनि क्यान्सरसँगको आफ्नो अनुभव शेयर गरेकी छिन् । सोनालीले न्यूर्योकमा क्यान्सरको उपचार गराएकी थिइन् । उपचारको क्रममा श्रीमान् गोल्डी बहल र छोरोले भरपुर साथ दिएको उनले बताएकी छिन् ।

जतिबेला उनी क्यान्सर रोग बोकेर न्युयोर्कको अस्पतालमा पुगेकी थिइन्, तब चिकित्सकले भनेका थिए, ‘तिम्रो बाँच्ने चान्स केवल ३० प्रतिशत मात्र छ ।’

एक अन्र्तवार्तामा सोनालीले भनेकी छिन्, वास्तवमा उनी उपचारका लागि अमेरिका जान चाहँदैनथी । उनले भनेकी छिन्, ‘खासमा म उपचारको लागि न्यूयोर्क जान चाहन्नथे । मेरो श्रीमान् चाहन्थे हामी न्यूयोर्क जानुपर्छ । उनकै जबरजस्तीले म उपचारको लागि न्यूयोर्क पुगें ।’

न्यूर्योक पुगेको दोस्रो दिन उनीहरु चिकित्सककहाँ पुगे । जब चिकित्सकले स्वास्थ्य परीक्षणको रिपोर्ट हेरे, त्यसपछि भने, ‘यो क्यान्सरको चौथो स्टेज हो । तपाईंसँग बाँच्ने चान्स केवल ३० प्रतिशत छ ।’ यो कुरा सुनेपछि सोनालीले आफुमा सन्नटा छाएको बताएकी छिन् ।

आफुलाई क्यान्सर लाग्नुमा आफुले नै गल्ती गरेको सोनालीलाई लागेको थियो । उनले सोचेकी थिइन् कि, उनले केही गल्ती गरिन् जसले गर्दा उनलाई क्यान्सर लाग्यो । तर, साथीहरुले भन्थे ‘तिम्रो जीवनशैली त्यस्तो केही थिएन, कसरी यस्तो रोग लाग्यो ।’

त्यसबेला सोनालीले चाहि आफुले जीवन जिउने क्रममा केही गल्ती गरेको र त्यही कारण क्यान्सर लागेको महसुष गरिन् । उनी न्युयोर्कमा मनोचिकत्सककहाँ पनि पुगिन् । त्यसपछि भने सोनालीले आफ्नो मनमा नकारात्मक भाव आउनै दिइनन् । मनोचिकत्सकसँग भेटेपछि सोनाली जीवनप्रति सकारात्मक र आशावादी भएकी थिइन् ।

६ महिनाको उपचारपछि सोनाली क्यान्सरमुक्त भएकी थिइन् । सोनालाई उपचारका लागि श्रीमान्ले हरक्षण साथ दिएका थिए ।

सोनालीलाई मेटास्टेसिस क्यान्सर भएको थियो, जुन उनको शरीरमा चौथो चरणमा पुगिसकेको थियो ।

४४ बषिर्य सोनाली अहिले बलिउडमा त्यती सक्रिय छैनन् । सन् २०१३ मा उनले ‘वन्स अपन अ टाइम इन मुम्बई दुबारा’मा अभिनय गरेकी थिइन् । त्यसयता उनले कुनै फिल्म खेलिनन् ।

चोरी चोरी, कल हो ना हो, तेरा मेरा साथ है, लव के लिये कुछ भी करेगा, सरफोरश, हम साथ साथ है, जख्म, डुप्लिकेट, कहर, तराजु जस्ता दर्जनौ फिल्ममा उनले अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment