Comments Add Comment

महोत्तरीमा मदिरा बिक्री वितरणमा रोक

२२ फागुन, महोत्तरी । होलीको दिन आज स्थानीय प्रशासनले महोत्तरीमा मदिरा बिक्री वितरणमा रोक लागाएको छ ।

मदिरा सेवनले हुन सक्ने दुर्घटना तथा वादविवादलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाभरिका मदिरा बिक्री गरिने पसलहरु आज बन्द गर्न आदेश दिइएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताए ।

जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयबाट हिजो बेलुका जिल्लाका विभिन्न सहर तथा गाउँ टोलमा मदिरा पसल सञ्चालन नगर्न माइकिङसमेत गरिएको थियो । प्रशासनको अवज्ञा गर्दै मदिरा पसल सञ्चालन गर्नेहरुलाई ५१ हजार रूपैयाँसम्म जरिवाना गरिने समेत जनाइएो छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment