Comments Add Comment

एसएलसी परीक्षार्थीले छोरो जन्माइन्

५ चैत, जाजरकोट । जाजरकोटको एक एसएलसी परीक्षा केन्द्रमा बच्चा जन्मिएको छ । दल्ली परीक्षा केन्द्रमा परीक्षा दिने क्रममा बच्चा जन्मिएको छ ।

जुनी बाल संरक्षण मावि लहँ सिर्केकी आंशिकतर्फकी छात्रा पवित्रा सिंहले बच्चा जन्माएकी हुन् । परीक्षा सकिन आधा घन्टा बाँकी रहँदा उनलाई सुत्केरी बेथा लागे पनि तुरुन्त नजिकको अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुर्याएको १० मिनेटभित्र बच्चाको जन्म भएको प्रहरीले बताएको छ । सिंहले छोराको जन्म दिएकी छिन् ।

सुत्केरी भएको २४ घन्टाभित्र परीक्षा

जुम्लाको दुर्गा उच्च माध्यमिक विद्यालय लाम्रा परीक्षा केन्द्रमा लाम्रा–५ की सावित्री नेपाली सुत्केरी भएको २४ घन्टाभित्र पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा सामेल भएकी छन् ।

बीस वर्षीया नेपालीले हिजो बेलुका साँझ करिब पौने ८ बजेतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा छोरी जन्माएकी थिइन् । चिकित्सकले चार दिनसम्म विश्राम लिन भने पनि परीक्षाका कारण डाक्टरको सल्लाह उल्लङ्घन गर्न बाध्य भएको बताइन् ।

‘अर्को व्यक्तिलाई परीक्षा दिलाउन केन्द्राध्यक्षलाई गुहार मागियो तर त्यो व्यवस्था छैन, आफैँले दिनुपर्छ भनेकाले अहिले शिशुलाई काखमा च्यापेर आएकी छु,’ उनले भनिन् ।

केन्द्राध्यक्ष प्रेमबहादुर शाहीले उनको सट्टामा अर्को बसाल्न नसक्दा एक घन्टा बढी समय उपलब्ध गराइएको बताए । आंशिकतर्फबाट परीक्षा दिएकी सावित्रीलार्इ स्ट्रेचरमा राखेर परीक्षा केन्द्रमा पुर्याइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment