Comments Add Comment

राष्ट्रिय लिग फुटबल २० गतेबाट फेरि सुरु हुने

११ चैत, काठमाडौं । राष्ट्रिय लिग फुटबल चैत २० गतेबाट फेरि सुचारु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार खेल तालिका सार्वजनिक गरेको छ ।
Dasharat-Stadium
२० गते नेपाल पुलिस र झापा ११ भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

यो पटक केही खेल राजधानी बाहिर समेत राखिएको छ । धनगढी, रुपन्देही, झापा र बिराटनगरमा पनि केही खेल राखिएको छ ।

राष्ट्रिय लिगको अन्तिम खेल जेठ २४ गते थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ ।

मोफसलमा हुने नक आउट प्रतियोगिताका कारण राष्ट्रिय लिगका खेलहरु रोकिएको थियो । प्रारम्भीक दुई खेल सकिँदासम्म थ्रीस्टार ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान अंक जोडेको मनाङ गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment