Comments Add Comment

माइक्रोसफ्ट र सामसुङबीच साझेदारी, अब एन्ड्रोइड फोनमा वर्ड र स्काइप

samsung-and-microsoft

माइक्रोसफ्टले बजारमा आफ्नो पकड मजबुद बनाउनका लागि नयाँ उपाय अबलम्बन गरेको छ ।

यसै क्रममा उसले सामसुङ लगायतका स्मार्टफोन निर्माता कम्पनीहरुसँग सम्झौता गर्न सफल भएको छ । सामसुङ र माइक्रोसफ्टबीच मार्च २४ मा भएको सम्झौता सँगै अब एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्र्माफोनहरुमा माइक्रोसफ्टको वर्ड तथा स्काइपी लगायतका फिचर्स प्रिइन्स्टल्ड उपलब्ध हुनेछ ।

बजारमा विन्डोज अपरेटिङ सिस्टमवाला फोनले राम्रो व्यवसाय गर्न नसकेपछि माइक्रोसफ्टले आफ्ना फिचर्सलाई एन्ड्रोइड स्मार्टफोनमा समेत घुसाउने जुक्ति अपनाएको हो । अब एन्ड्रोइड स्मार्टफोनमा स्काइपी र वर्डसँगै माइक्रोसफ्ट एक्सल, पावर प्वाइन्ट, वननोट, वनड्राइभ जस्ता फिचर्सहरु पनि उपलब्ध हुनेछन् ।

माइक्रोसफ्टको व्यवसाय विकाश विभागका उपाध्यक्ष प्याग्गी जोहन्सनका अनुसार यो सम्झौतापछि विश्वभरका मोबाइल उपभोक्ताले माइक्रोसफ्टको सेवाबाट फाइदा उठाउन सक्नेछन् ।

सामसुङ सँगै अन्य १० वटा मोबाइल फोन निर्माण कम्पनीहरुसँग समेत माइक्रोसफ्टले विभिन्न सम्झौता गरेको छ । तर, अन्य कम्पनीहरुको नाम भने माइक्रोसफ्टले खुलाएको छैन । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment