Comments Add Comment

विराट एक रनमा आउट हुँदा निशानामा अनुष्का

anushka-and-virat

विश्वकपको सेमिफाइनलमा विराट कोहली आउट भएपछि उनकी प्रेमिका अनुष्का शर्मा निशानामा परेकी छन् ।

अष्ट्रेलियाविरुद्ध खेल्दा भारतीय क्रिकेट समर्थकहरुलाई बिराटले ठूलो पारी खेल्ने अपक्षा गरेका थिए । खेल हेर्न अनुष्का शर्मा समेत सिड्नी क्रिकेट ग्राउण्डमा पुगेकी थिइन् ।

तर, विराट मात्र १ रनमा आउट भएका छन् । त्यसपछि सामाजिक सञ्जालमा अनुष्का निशानामा परेकी छन् ।

विक्रान्त मलिकले ट्वीट गरेका छन्-‘तपाईले किन यस्तो गर्नुभयो । आखिर के पाउनु भयो सिड्नी पुगेर ?

अर्का एक युजर संजिव ठाकुरले ट्वीट गरेका छन्-अनुष्का, विराटको एक रन हेर्न सिड्नीसम्म आउनु भयो … साँचो प्रेम ।’

केहीले भने अनुष्काको बचाउ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment