Comments Add Comment

कलर्सको पर्लब्ल्याक सिरिजमा थपियो ‘के-२० ड्रोइड’

१६ चैत, काठमाडौं । कलर्स मोबाइलको पर्लब्ल्याक सिरिजमा ‘के-२० ड्रोइड’ थपिएको छ । यस अगाडिका मोडलभन्दा ड्रोइड सुपर स्लिक एवं आकर्षक बनावटमा रहेको छ ।

Colors-k-20-Smartphoneड्रोइडमा ५ इञ्चको एचडी स्क्रिन रहेको छ । यसमा चमकदार एवं स्पष्ट दृश्यावलोकन गराउने कम्पनीको दाबी छ । एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिष्टम र १.४ गीगाहर्जको ओक्टाकोर प्रोसेसर रहेको हुँदा ड्रोइड फास्ट चल्नेछ ।

यसमा उच्च क्षमताको ४००० एमएएच  लिपोलिमर ब्याट्रि प्रयोग गरिएको छ । जसले गर्दा एक पटक चार्ज गरेपछि लामो समयसम्म चलाउन सकिने छ ।

ड्रोइडमा १ जीबी र्‍याम, ८ जीबी रोम, अगाडि २ मेगापिक्सेल क्यामेरा, पछाडि ८ मेगापिक्सेल क्यामेरा लगायतका सुविधाहरु रहेका छन् ।

वाइफाई, ब्लुटूथ र जिएसएम क्वाड ब्याण्डयूक्त एफएम यसमा रहेको छ । श्वेत सुनौलो र श्याम सुनौलो रङमा पाइने ड्रोइडको मूल्य १७ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment